जेठ २१, काठमाडौँ | आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज बिहाना भएको खेलमा ओमानले नामिबियालाई १ सय १० रनको सामान्य लक्ष्य दिएको छ । टस हानामिबियालाईरेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्रै बनायो | ओमानका लागि खालिद कैलले सर्वाधिक ३४ रन बनाए । जिसान मक्सुदले २२ रन थप्दा आयान खानले १५ र साकिल अहमेदले ११ रन बनाए । नामिबियाका रुबेन ट्रम्पेलमन एक्लैले ४ विकेट लिए । त्यस्तै डेविड वाइजेले ३ विकेट, गेहार्ड इरास्मसले २ र बेर्नार्ड स्कल्जले १ विकेट लिए ।
विश्वकपमा आजै राति सवा ८ बजे दक्षिण अफ्रिका र श्रीलङ्का खेल्दैछन् ।