2026-10-31 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकपमा आज चार खेल हुदै

जेठ २६, काठमाडौँ । जारी आइसीसी टी-२० विश्वकपमा आज चार खेल हुदै छन् ।

आज पहिलो खेल समुह सी अन्तर्गत अफगानिस्तान र न्यूजील्याण्डबीच हुदै छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ५ बजेदेखि हुदै छ ।

जारी विश्वकपमा अफगानिस्तानले आफ्नो पहिलो खेल जितेको छ । अफगानिस्तानले युगान्डालाई पराजित गर्दै २ अंक हासिल गरेको छ । त्यस्तै न्यूजील्याण्डको बने यस विश्वकपमा यो पहिलो खेल हो । अफगानिस्तान र न्यूजील्याण्डबीच अहिलेसम्म केवल एक टी-२० खेल भएको छ, जुन न्यूजील्याण्डले जितेको छ ।

त्यस्तै आज दोस्रो खेलमा समुह डी मा रहेको बंगलादेश र श्रीलंका खेल्दै छन् । डल्लासस्थित ग्राण्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ६ ब्नाजेदेखी शुरु हुदै छ ।

यस विश्वकपमा श्रीलंकाले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको छ भने बंगलादेशको यो पहिलो खेल रहेको छ । त्यसैगरी बंगलादेश र श्री लंका अहिलेसम्म टी-२० अन्त्र्रश्त्रिउ खेलमा १६ पटक आमने सामने भएका छन् । जसमा श्री लंकाले ११ पटक जितेको छ भने बंगलादेशले ५ पटक जितेको छ ।

त्यस्तै आज तेस्रो खेलमा समुह डी अन्तर्गतकै नेदरल्याण्डस र दक्षिण अफ्रिका पनि खेल्दै छन् । न्यूयोर्कस्थित नसाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८; १५ बजेदेखि शुरु हुने छ ।

जारी विश्वकपमा नेदरल्याण्डस र दक्षिण अफ्रिकाले आ-आफ्ना पहिलो खेलमा जित हासिल गरेर २-२ अंक बटुलेका छन् । नेदरल्याण्डसले नेपाललाई पराजित गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई पराजित गरेको थियो । दक्षिण अफ्रिका र नेदरल्याण्डसबीच अहिलेसम्म २ टी-२० खेल भएका छन्, जसमा दुवैले एक एक खेल जितेका छन् । नेदरल्याण्डसले पछिल्लो २०२२ मा सम्पन्न टी-२० विश्वकपमा दक्षिण अफ्रिकालाई १३ रनले पराजित गरेर स्तब्ध बनाइदिएको थियो । 

त्यसैगरी आज चौथो खेल समुह बी अन्तर्गत अस्ट्रेलिया र इङल्याण्डबीच हुदै छ । बार्बाडोसस्थित केन्सिंगटन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति १०: ४५ बजेदेखि हुने छ । जारी विश्वकपमा आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई पराजित गरेर २ अंक हासिल गरेको छ भने इङल्याण्डले भने स्कटल्याण्डविरुद्धको खेल बर्षाले रद्ध भएपछि एक अंक हासिल गरेको छ ।

अस्ट्रेलिया र इङल्याण्डबीच अहिलेसम्म २३ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा इङल्याण्डले ११ खेल जितेको छ भने अस्ट्रेलियाले १० खेल जितेको छ । त्यस्तै २ खेलको नतिजा आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना