कात्तिक १०, सिन्धुली । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई विधि र प्रक्रियाबाट हटाइने बता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १०, सिन्धुली । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई विधि र प्रक्रियाबाट हटाइने बता"/>
२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानलाई विधि र प्रक्रियाबाट हटाउन चाहन्छौं: नेता बडू

२०७३, १० कार्तिक बुधबार ११:१५

कात्तिक १०, सिन्धुली । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई विधि र प्रक्रियाबाट हटाइने बताएका छन् । 

नेपाली काँग्रेस सिन्धुलीद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने–‘‘कार्कीविरुद्धको महाभियोग प्रस्तावका सम्बन्धमा काँग्रेस अरु दल झैँ हतारमा तत्काल निर्णय नगर्ने तर विधि र प्रक्रियाबाट उनलाई हटाउने पक्षमा रहेको छ ।’’ 

नेता बडूले काँग्रेसले अहिलेसम्म आधिकारीक निर्णय गरेन भनेर आलोचना गर्नुभन्दा पनि लोकतान्त्रिक विधि र प्रक्रियाका बारेमा ख्याल गर्न सबैसँग आग्रह गर्दै हतारमा निर्णय गरेर पछि पछुताउने पक्षमा काँग्रेस नभएकाले आवश्यक विधि र प्रक्रियामार्फत कार्की स्वतः हट्ने बताए । 

संविधान संशोधनमार्फत प्रदेशको सीमाङकन हेरफेर हुनसक्ने धारणा राख्दै उनले भने– ‘‘संविधान संसोधनमार्फत जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण र प्रदेशको सीमाङ्कन सम्भव हुन सक्छ ।’’ 

नेता बडूले मुलुकभर काँग्रेसले एक हजारको हाराहारीमा गाउँपालिका बनाउनुपर्ने धारणा अघि सार्दै आएको बताउँदै सबैको सहमति जुटाउनका लागि काँग्रेसले यो प्रस्ताव राखेको विचार व्यक्त गरे । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु