२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

भारत-पाकिस्तानको खेल हेर्न गएका मुम्बई क्रिकेटका अध्यक्षको हृदयघातबाट निधन

२०८१, २९ जेष्ठ मंगलवार ०९:१५

जेठ २९, काठमाडौँ । मुम्बई क्रिकेट संघका अध्यक्ष अमोल कालेको अमेरिकामा निधन भएको छ । टी-२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानको खेल हेर्न अमेरिका पुगेका ४७ बर्षिय कालेको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उलेल्ख गरेका छन् । 

न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा आइतबार भारत र पाकिस्तानबीच भएको टी–२० विश्वकपको खेल हेर्न उनी एमसीएका अन्य दुई अधिकारीसँग पुगेका थिए ।

उनीसँगै एमसीएका सचिव अजिंक्य नायक र एपेक्स काउन्सिलका सदस्य सुरज सामत पनि थिए । 

काले अक्टोबर २०२२ मा एमसीएको अध्यक्षमा निर्वाचित भएका थिए । उनले एमसीए अध्यक्षको चुनावमा १९९३ विश्व च्याम्पियन टोलीका सदस्य सन्दीप पाटिललाई हराएका थिए । कालेले मुम्बईका लागि रणजी र अन्य घरेलु प्रतियोगितामा खेल्ने घरेलु खेलाडीको म्याच शुल्क दोब्बर बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए । 

महाराष्ट्र क्रिकेट संघको अध्यक्ष हुनुको अलावा, उनी टेनिस-बल फ्रेन्चाइजी क्रिकेट लीग इन्डियन स्ट्रीट प्रिमियर लिगको सह-प्रवर्तक पनि थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय