2026-10-15 08:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

नेपालको सबैभन्दा ठूलो ताल रारामा पुग्ने पर्यटक बढे

(शुर बहादुर सिंह) कात्तिक १२, जुम्ला | सडक पहुँच भएसँगै नेपालको सबैभन्दा ठूलो ताल रारा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको थलो बन्दै गएको छ । 

रारा सबैको नजरमा पर्न त केही समय लाग्ला नै, तर यो वर्षको दसँैपछिको दुई साताभित्र रारा हेर्ने पर्यटकको सङ्ख्या करिब दुई हजार ६ सयको हाराहारीमा पुगेको छ । पर्यटन व्यवसायी गोपाल बमले भन्नुभयो – “असार, साउन र भदौसम्म पर्यटकको त्यति चहलपहल देखिएन, तर चैत, वैशाख, जेठ र असोजमा दैनिक २०–२५ आउने गरे पनि दसँैको दुई दिनपछि प्रतिदिन डेढ सयदेखि दुई सयको भीड लाग्न थाल्यो ।” अहिले यहाँका व्यवसायीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परिरहेको छ । 

उहाँका अनुसार यो समयमा धेरै आन्तरिक पर्यटकले रारा अवलोकन गरेका छन् । त्यसमा पनि ज्यादा जसो काठमाडौँ, भक्तपुर, ललितपुर, पोखरा, चितवन, भैरहवा, बुटवल, सुर्खेत र केही पूर्वी जिल्लाका पर्यटक रहेका छन् । बाह्य पर्यटक भने अमेरिका र युरोपेली मुलुकहरुबाट बढी मात्रामा आउने गरेका छन् । त्यहाँ पुग्ने पर्यटकलाई रारा राष्ट्रिय निकुञ्जद्वारा सञ्चालित हेरिटेज गेस्ट हाउस, पूर्णादेवी बमको डाँफे गेस्ट हाउस र तालबाट १५ मिनेट तल माझघट्टका होटलमा व्यवस्थापन गरिँदै आएको उहाँले बताउनुभयो । रारा हेर्न आउने कर्मचारीको पनि बाक्लै रहेको बमको अनुभव छ । 

सरकारको वार्षिक नियमित कार्यक्रम सञ्चालन गर्नेका लागि रारा ‘पशुपतिको यात्रा सिद्राको व्यापार’जस्तै भयो । यो पटक सर्वोच्च अदालतका न्यायाधीश, शान्ति तथा पुनःनिर्माण मन्त्रालयका सचिव, पशुपक्षी विकास मन्त्रालयका सचिव, मध्यपश्चिम सुर्खेतका क्षेत्रीय प्रशासकको रारा अवलोकन भ्रमण पनि भयो । 

उहाँहरुले पर्याप्त होटेलसहित होमस्टे र बोटिङ लगायतका थप सेवा प्रवाह गर्नसकिए सिङ्गो कर्णाली क्षेत्रको पर्यटन विकास हुने सुझाव दिनुभयो । सर्वोच्चको टोलीले रारा पुग्ने मार्गमा पर्ने कालीकोट, मुगु र जुम्लामा ‘न्यायमा नागरिक पहुँचको अवस्था’ विषयको कार्यक्रम, शान्ति मन्त्रालयको पुनःनिर्माण र शान्तिको अवस्थाको अनुगमन, पशुपक्षी विकास मन्त्रालयको दैलेख, कालीकोट र मुगुमा पशुपक्षी विकासअन्तर्गत सञ्चालित क्रियाकलापको अनुगमन तथा निरीक्षण र क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतको कर्णाली क्षेत्रको सुशासन, सेवा प्रवाह र विकासबारे कालीकोट, मुगु र जुम्लाको अध्ययन, अनुगमन तथा निरीक्षण गर्ने कार्यक्रम थियो । 

मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्माले यस वर्ष रारा ताल हेर्न आउने पर्यटक ह्वात्तै बढेको बताउनुभयो । आउने सबै पर्यटकको बसाइ शान्त र सुरक्षित रहेको प्रजिअ शर्माले बताउनुभयो । आफू छ हजार नौ सय ८६ मिटर उचाइ रहेको ६ नं प्रदेशको सबैभन्दा नजिक र सजिलो चीनसँग जोडिएको नाका नाक्चेलाग्नामा पुगेको जानकारी दिनुभयो । यो नाका चाँडै खोल्न सकिए यहाँको समग्र विकास र ६ नं प्रदेशको समृद्धिको ढोका खुल्ने उहाँको भनाइ थियो । पर्यटकले कर्णाली राजमार्गलाई पहिलो प्राथमिकता दिएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रजिअ रुद्रप्रसाद पण्डितले बताउनुभयो । 

हवाईजहाजबाट महँगो र सबैको पहुँच नभएका कारण स्थलमार्ग प्राथमिकता परेको जनाउँदै प्रजिअ पण्डितले रारा पुग्नेले एकै पटक सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला र मुगु जिल्ला अध्ययन गर्ने मौका पाएको बताउनुभयो । 

जुम्ला स्नोल्याडका होटल व्यवसायी ललितजङ्ग महतले रारा हेर्न आउने पर्यटक जुम्लाबास गरेरै जाने गरेको बताउनुभयो । आगन्तुक पर्यटक बढीभन्दा बढी भित्र्याउन रारा वरिपरिका मुर्मा, झ्यारी, पिना, पुम गाउँ होमस्टेका लागि उपयुक्त रहकेको पर्यटन व्यवसायी बताउँछन् । तथापि गरिबीका कारण त्यहाँका नागरिकले त्यो प्रकारको संरचना निर्माण गर्न नसक्ने भएकाले त्यसमा सरकारले होमस्टे निर्माणमा अनुदान दिनुपर्ने र सञ्चालनको अवधारणाबारे बुझाउनुपर्ने उनीहरुले सुझाएका छन् । रारा पुग्न बर्दिया चिसापानीको गावर भ्यालीमा पाँचवटा होमस्टे निर्माण गरिएका छन् भने सुर्खेत, दैलेख, कालीकोट, जुम्ला र मुगुसम्म पुग्ने पर्यटकीय पदमार्ग बनाउन थालिएको छ । 

नाक्चेलाग्ना नाका पुग्ने पहिलो प्रशासक शर्मा 

विसं २०२० यता उत्तरी चीनसँग जोडिएको नाका मुगुको नाक्चेलाग्ना पुग्ने नेपाल सरकारका पहिलो प्रशासक मुगुका प्रमुख जिल्ला अधिकारी केशवराज शर्मा हुनुहुन्छ । 

प्रजिअ शर्माले यो वर्षको भदौ ३० गते मुगुका नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र विप्लव माओवादीका प्रतिनिधिसाथ नाक्चेलाग्ना पुगेको बताउनुभयो । “खासगरी मुगु जिल्लाको अति दुर्गम ‘एक गाउँ, एक गाविस र एक इलाका’का रुपमा परिचित मुगु गाउँमा राज्य छ भन्ने अनुभूति गराउन र बर्सेनि व्यापारी लुटिने घटनालाई न्यून गर्न त्यहाँ पुगेको उहाँले बताउनुभयो । 

“शान्तिसुरक्षा दिनु राज्यको कर्तव्यका हिसाबले म स्वयम् चार दिन लगाएर मुगु गाउँ पुगें र हाम्रो मूल उद्देश्य नाक्चेलाग्नासम्मको निर्माणाधीन बाटोको स्थलगत अनुगमन गर्दै नाकामा पुगेर अवस्था बुझ्ने थियो”, उहाँले भन्नुभयो । प्रजिअ शर्माले भन्नुभयो, “दल र प्रहरी प्रशासन मुगुगाउँ हुँदै नाक्चेलाग्ना पुगेकाले यो वर्ष कुनै आपराधिक घटना घटेनन् र त्यहाँका नागरिकले पनि शान्तिको अनुभूति भएको टिप्पणी गरेका छन् ।” उहाँका अनुसार केही वर्षअघि मुगुका तत्कालीन प्रजिअ माथवरसिंह थापा मुगुगाउँ पुग्नु भएको रहेछ । 

“६ हजार नौ सय ८६ मिटर उचाइको नाक्चेलाग्ना पुग्नुका साथै ढाइ घन्टा लगाएर चीनको ह्याचिमारा भन्ने ठाउँका चिनियासँग नेपालप्रतिको धाराणा बुझ्ने काम भयो”, उहाँले थप्नुभयो । उहाँका अनुसार नेपालप्रति चिनियाँ सोच सहयोगी र सकारात्मक छ । नाक्चेलाग्ना छोटो र सहज नाका हो, यो मुगुबाट मात्र ८४ किलोमिटर टाढा छ तर बनेको १५/१६ किमी बाटो भने गाडी हिँड्न लायकको छैन । चाँडोभन्दा चाँडो बाटो निर्माण भइदिए ६ नं प्रदेशको समृद्धिको ढोका खोल्ने उहाँको भनाइ थियो । 

डिभिजन सडक कार्यालय जुम्लाका निमित्त डिभिजन प्रमुख अङ्गलाल रोकायाले बजेटको अभाव, ठेकेदारको लापरबाही, कार्यालयको रेखदेखमा कमी र प्रक्रियागत ढिलाइका कारण सडक निर्माणमा ढिलासुस्ती भएको बताउनुभयो । गत वर्ष सरकारले विनियोजन गरेको रु सात करोड बजेटमा घटेर सत्यसाई निर्माण सेवा डोल्पाले रु तीन करोड २७ लाख ठेक्का लिए पनि काम गर्न नसक्दा त्यो बजेट ‘फ्रिज’ भएको हो । अहिले रु दुई करोड ५० लाखमा काम भइरहेको जनाइएको छ । 

गत वर्ष फागुनमा पूर्वसभासद् नरेश भण्डारी नेतृत्वको एक टोलीले नाक्चेलाग्ना खोल्ने अभियानअन्तर्गत ‘मुगु–गमगढी–नाक्चेलाग्ना सडक निर्माण’ एक छुट्टै परियोजना गठन गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने