कमल रावल | कात्तिक १२, अछाम | अछाम गजल मञ्चको दोस्रो साधारण नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । विहिवार नेकपा एमाले पार्टी कार्यालय अछामको सभाहलमा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल | कात्तिक १२, अछाम | अछाम गजल मञ्चको दोस्रो साधारण नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । विहिवार नेकपा एमाले पार्टी कार्यालय अछामको सभाहलमा "/>

2026-08-29 11:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

तारा पाण्डेको अध्यक्षतामा ९ सदस्यिय अछाम गजल मंचको जिल्ला कमिटी चयन


कमल रावल | कात्तिक १२, अछाम | अछाम गजल मञ्चको दोस्रो साधारण नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । विहिवार नेकपा एमाले पार्टी कार्यालय अछामको सभाहलमा भएको बन्दसत्रले तारा पाण्डेको अध्यक्षतामा ९ सदस्यिय नयाँ कमिटी चयन गरेको हो । 

जसमा उपाध्यक्ष धनराज साउद, सचिव जिवन सरोबर, सहसचिव लक्ष्मण संगम, कोषाध्यक्ष रुक्मणी शर्मा, सदस्य सुशिल भण्डारी, पुजा रावल, पुष्प सञ्जयाल, उपेन्द्र भावुक लगाएतका सदस्य रहेका छन । अध्यक्ष हिमाल उदासीको अध्यक्षतामा भएको साधारण सभामा वरिष्ठ साहित्यकार हर्षप्रसाद भट्ट प्रमुख अथिती रहनु भएको थियो । कार्यक्रममा अछाम साहित्य प्रतिष्ठानका उपाध्यक्ष बिष्णु खड्का, सचिव टेकराज भण्डारी, सुदूरपश्चिम गजल मंचका सदस्य मनोज बिवस साउद, पत्रकार महाँसंघ अछामका सचिव शिवराज ढुंगाना, जिल्ला युवा संजाल अछामका अध्यक्ष होम साउद, पूर्व अध्यक्ष मदनकुमार भुल, खप्तड न्यूजका प्रकाशक पुष्प भट्ट, सोसाईटी एफएमका स्टेसन म्याँनेजर बिष्णुप्रसाद भण्डारी, गजलकार पूर्ण शिसिर साउद, कमलराज केसी लगायतका अतिथी रहनु भएको थियो । 

कार्यक्रममा बोल्ने सबै अतिथीहरुले अछाममा पछिल्लो समय साहित्यको विकासले तिब्र रुप लिएको र त्यसमा पनि गजलले निकै फड्को मारेको बताएका थिए । अछामी साहित्यलाई पछिल्लो पुस्ताका युवा सर्जकहरुले शसक्त रुपमा माथि उठाएको उनिहरुको भनाई थियो । कार्यक्रममा गजलकारहरु तारा प्रसाद पाण्डे, धनराज साउद, जीवन सरोवर, धु्रवा तिमिल्सीना, कृष्ण बिरही जलन, रुक्मीणि शर्मा, पुजा रावल, भिम सरोवर, मिन बाब्ली मिलन, राम अविरल लगायतका दर्जन बढी श्रष्टाहरुले रचनावाचन गरेका थिए । अछाम गजल मंचका उपाध्यक्ष झनक अधिकारीको स्वागत मन्तब्यवाट सुरु भएको कार्यक्रमको संचालन सचिव कमल भण्डारी संघर्षले गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ