२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

उड्ने बेलामा विमानको पाङ्ग्रा फुस्किएपछि…

२६ असार २०८१, बुधबार ०७:३५

 एजेन्सी |  युनाइटेड एयरलाइन्सको एउटा विमान भयानक दुघर्टनाबाट बचेको छ । लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दै गर्दा सोमबार कम्पनीको एक विमानको एउटा पाङ्ग्रा फुस्किएको पाइयो । 

हालैका महिनाहरूमा कम्पनीका विमानमा एक पछि अर्को गर्दै समस्याहरू आइरहेका छन् । अमेरिकाको सङ्घीय उड्डयन अधिकारीहरूले कम्पनीको विमानहरूमाथि सुरक्षा समीक्षा पनि गरिरहेका छन् । यसैबिच यो घटना भएको हो ।


सोमबार डेनभरमा पाङ्ग्रा हराएको सो विमानको सकुशल अवतरण भएको थियो । यस घटनामा कसैलाई पनि चोट नलागेको बताइएको छ । समस्या देखिएको विमान बोइङ ७५७–२०० भएको बताइएको छ । घटनाको समयमा विमानभित्र १७४ जना यात्री र ७ जना क्रुमेम्बर थिए । के कारणले विमानको पाङ्ग्रा फुस्कियो भन्नेबारे अनुसन्धान भइरहेको युनाइटेड एयरलाइन्सले बताएको छ ।

यस घटनाको सङ्घीय उड्डयन प्रशासन (एफएए)ले पनि छानबिन गरिरहेको छ । मार्चमा पनि युनाइटेड एयरलाइन्सको एउटा विमान उड्ने बित्तिकै पाङ्ग्रा खसेको थियो । मार्च महिनामा मात्रै कम्पनीका कम्तीमा एक दर्जन उडानमा यस्ता अनेक सुरक्षा समस्या देखिएको थियो । यी घटनाहरूपछि मार्चमा एफएएले कम्पनीको सुरक्षा समीक्षा सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ