रबिन्द्र यादव | कात्तिक १२, नवलपरासी । नवलपरासीको विपि माध्यमिक विद्यालय पक्लिहवा-८, बलिनगरका बालबालिकाहरु शौचका लागि बाहिर जान बाध्य भएका छन् ।

सो विद्या"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव | कात्तिक १२, नवलपरासी । नवलपरासीको विपि माध्यमिक विद्यालय पक्लिहवा-८, बलिनगरका बालबालिकाहरु शौचका लागि बाहिर जान बाध्य भएका छन् ।

सो विद्या"/>

2026-06-17 02:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवलपरासीमा यस्तो विद्यालय, जहाँ बालबालिका खुल्ला शौच गर्छन् (फोटो फिचर)

रबिन्द्र यादव | कात्तिक १२, नवलपरासी । नवलपरासीको विपि माध्यमिक विद्यालय पक्लिहवा-८, बलिनगरका बालबालिकाहरु शौचका लागि बाहिर जान बाध्य भएका छन् ।

सो विद्यालयमा रहेको शौचालयको सरसफाइ, पानीको ब्यवस्था, ढोका बन्द नहुँदा बालबालिकाहरु बाहिर खुल्ला शौच गर्न जाने गरेको कक्षा १० मा अध्ययनरत छात्रा रन्जना कुर्मीले संचारकर्मीलाई बताउनु भएको छ । कुर्मीले हामीले खुल्ला शौचका लागि बाहिर जाँदा असुरक्षित महसुस हुने गरेको बताउछिन् । विद्यालय वरिपरि झारपात रहेकोले कहि कतै सर्प टोक्ला भन्ने डर लाग्ने गरेको हुदा पनि बाध्यताले बाहिर शौचका लागि जानू परेको बाहिर जादा खेतबारीमा काम गर्ने गरेको मान्छेहरु हुँदा लाज हुने गरेको हुन्छ र फर्केर फेरि बिना शौच गरि आउने गरेको बताउछिन् । विद्यालयले शौचालयको सुरक्षित ब्यवस्थापन मिलाई दिए हामी बाहिर खुला रुपमा शौचका लागि नजाने बताईन ।

यसैगरी विद्यालयमा उचित कक्षा कोठा नहुँदा बालबालिकाहरु खुल्ला चौरमा पढने गरेको कक्षा ८ मा अध्ययनरत छात्र साबिर अन्सारीले गुनासो गर्नु भएको छ । चर्को घाममा पनि बालबालिकाहरुलाई खुल्ला चौरमा पढाइने गरेको बताउछन् । उता नवनिर्वाचित विद्यालय व्यवस्थापक समितिका अध्यक्ष ओमप्रकाश तिवारीले आफु अगाडिको समितिलाई दोष दिदै आफु पन्छिन खोज्नु भएको छ । विसं २०५० सालमा स्थापना भएको विद्यालयमा हाल अन्दाजी चार-पाँच सय भन्दा बढि छात्रछात्रा अध्ययनरत छन् जसमध्ये अधिकांस बालबालिका दलित समुदायका रहेका छन् ।


उता सो विद्यालयका प्रअ भागवत प्रसाद केवटले जिल्ला शिक्षा कार्यालय नवलपरासीको आर्थिक सहयोगमा छ कोठा भवन निर्माण भइरहेको बताउदै भवन पुर्ण रुपमा निर्माण भएपछि सबै समस्या  समाधान हुने बताए । विपि मावि बलिनगर मा हाल एउटा मात्र शौचालय बाल विकास कोठा भित्र छ जुन शिक्षक र शिक्षिका प्रयोग गर्दै आएका छन्न । सो विद्यालयमा बालबालिकाहरुलाई बस्ने डेक्सबेन्च को समेत अभाव भएर भुई मा बसेर बालबालिका अध्ययन गरेका देख्न सकिन्छ कतिपय बालबालिका आफ्नो घरबाट बस्नका लागि बोरा ल्याउने गरेको देख्न सकिन्छ । बालबालिकाले सुरक्षित वातावरणमा अध्ययन गर्ने मौलिक अधिकार पाउन र यसमा संबंधित निकायको छिटै नै ध्यान जाओस ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फ्री भ्रिसा फ्री टिकट गलत शब्द हो: श्रममन्त्री यादव प्रधानमन्त्रीज्यूको सीमानासँग सम्बन्धित अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्छ भन्ने हाम्रो निरन्तर माग छ: हर्कराज राई सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै विपक्षी प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूको अवरोध कायमै प्रतिनिधि सभाको बैठक जारी दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ वर्षीय व्यक्ति पक्राउ सुनचाँदीको मूल्य घट्यो ११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै