2026-09-19 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

नेपालका ४५औँ प्रधानमन्त्री बन्दै ओली, कस्तो पाउँछन् सुविधा अनि कति हुन्छ तलब ?

असार ३०, काठमाडौँ | प्रतिनिधिसभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाएर प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत पाउन विफल भएसँगै  शेरबहादुर देउवाको समर्थनसहित प्रधानमन्त्रीमा केपी शर्मा ओलीको मात्र दाबी पेस भएको छ। 

नयाँ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्दैछन्। प्रधानमन्त्रीसँग मन्त्रीहरूको पनि शपथ गराउने कांग्रेस-एमालेको तयारी छ।

केपी शर्मा ओली अब बन्ने सरकार प्रमुख नेपालका ४५औँ प्रधानमन्त्री हुने भएका हुन्। भीमसेन थापालाई आधुनिक नेपालका प्रथम प्रधानमन्त्री मानिन्छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार अहिलेसम्म नेपालमा ३८ व्यक्ति प्रधानमन्त्री बनेका छन्। ओली यसअघि तीन पटक नियुक्त भइसकेका छन्।

प्रधानमन्त्रीले कस्तो सुविधा पाउँछन्?

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छ भने सरकारी आवास बालुवाटारमा छ। बालुवाटारमा प्रधानमन्त्रीका परिवार र सहयोगीहरू पनि बस्न पाउँछन्। कार्य सञ्चालन निर्देशिका, २०७७ (आठौँ संस्करण) अनुसार प्रधानमन्त्रीको मासिक पारिश्रमिक ७७,२८० रुपैयाँ हुन्छ। त्यसमा २,००० रुपैयाँ महँगी भत्ता थपिन्छ।

उनलाई सञ्चार सुविधाबापत ५,००० रुपैयाँ र मासिक मसलन्द तथा अतिथि सत्कारबापत १०,००० रुपैयाँ तोकिएको छ।

देशभित्र यात्राका क्रममा प्रधानमन्त्रीको दैनिक भ्रमण भत्ता ३,००० रुपैयाँ तोकिएको छ। प्रधानमन्त्रीले आफ्नो सचिवालयमा ६५,१४० रुपैयाँ मासिक पारिश्रमिक दिने गरी एक जना प्रमुख स्वकीय सचिव राख्न पाउँछन्।

त्यसबाहेक एक जना स्वकीय सचिव, तीन जना सहस्वकीय सचिव, छजना उपस्वकीय सचिव र पाँच जना स्वकीय अधिकृत नियुक्त गर्न पाउँछन्। अन्य केही अधिकृत, चालक र कार्यालय सहयोगीसहित प्रधानमन्त्रीले आफ्नो सचिवालयमा बढीमा ३४ जना नियुक्त गर्न सक्छन्। प्रधानमन्त्रीलाई मासिक ३०६ लिटर पेट्रोल र वार्षिक ४० लिटर मोबिल सुविधा उपलब्ध हुन्छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई