2026-10-15 08:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

चालु आ.ब.मा जुम्ला, नाग्म गमगढी सडक खण्डमा ६ सवारी दुर्घटना

नन्दराम जैशी | कात्तिक १३, जुम्ला | चालु आर्थिक बर्षको असोज मसान्तसम्म कर्णाली राजमार्गको जुम्ला, नाग्म र गमगढी सडक खण्डमा साना र ठुलागरी ६ वटा सवारी साधन दुर्घटना भएका छन् । सवारी साधान तिब्र गतिमा संलालन हुनु र ट्राफिक नियमको पालना नहुनु लगाएतका कारणले सवारी साधन दुर्घटना भएका हुन् । जसमा जुम्ला, नाग्म र गमगढी सडक खण्डमा १ वटा जिप, २ वटा बस, १ वटा मोटरसाइकल र १ वटा स्कुटर गरि ६ वटा सवारी साधन दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालय प्रमुख गगांराम विश्वकर्माका अनुसार सवारी साधान दुर्घटनाबाट ५ जनाको ज्यान गएको छ । पुराना सवारी साधान संचालन गर्नु, चालकको लार्पावाही र क्षमता भन्दा बढी यात्रु बोकेका कारण सवारी दुर्घटना बढेको विश्वकर्माले बताउनु भयो । त्यस्तै चालु आर्थिक बर्षको श्रावण महिनादेखि असोज मसान्तसम्म ३ सय ११ जना सवारी चालक कार्वाहीमा परेका छन् । 

जसमा साउन महिनामा साना र ठुला सवारी साधनका ६५ जना, भाद्र महिनामा ८५ र असोजमा १ सय ६१ जना सवारी चालक कार्वाहीमा परेको जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख विश्वकर्माले बताउनु भयो । ट्राफिक नियम उलंघन गर्ने, व्लु बुक र लाइसेन्स नबोक्ने र क्षमता भन्दा बढी यात्रु बोक्ने सवारी चालक कारवाहिमा परेका हुन् ।  

कारवाहिमा परेका चालक तथा सवारीबाट दण्ड जरिवान वापत २ लाख ३७ हजार रकम राजश्व संकलन भएको उहाँले जानकारी दिनुभयो । ट्राफिक नियम कडाई गरे सगै सर्बसाधारणहरुले यातायातमा सहज रुपले यात्रा गर्न पाएका छन् । साथै यात्रु र सवारीचालक सबैलाइ ट्राफिक नियमको पालना गर्न आग्ह गरीएको छ ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने