कात्तिक १३, पोखरा । नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले द्वन्द्वकालीन घटनाको निष्पक्ष छानबीन गरी पीडितलाई न्याय र पीडकलाई कारबाही हुनुपर्नेमा जो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १३, पोखरा । नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले द्वन्द्वकालीन घटनाको निष्पक्ष छानबीन गरी पीडितलाई न्याय र पीडकलाई कारबाही हुनुपर्नेमा जो"/>
2026-09-19 08:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

“द्वन्द्वकालीन घटनाको निष्पक्ष छानबीन हुनुपर्छ”

कात्तिक १३, पोखरा । नेपाल मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले द्वन्द्वकालीन घटनाको निष्पक्ष छानबीन गरी पीडितलाई न्याय र पीडकलाई कारबाही हुनुपर्नेमा जोड दिनुभएको छ । 

नेपाल मानव अधिकार सङ्गठन पश्चिमाञ्चल क्षेत्रीय समितिद्वारा आज यहाँ आयोजित नेपाल मानवअधिकार सङ्गठन पश्चिमाञ्चल क्षेत्रीय परिषद् भेलाको उद्घाटन गर्दै उहाँले सत्ता बाहिर रहदा मानव अधिकारको कुरा गर्ने र सत्तामा रहदा मानव अधिकारका सबै कुरा बिर्सने मनोवृत्ति राजनीतिकर्मीमा रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । 

“मानव अधिकारकर्मी संधै सत्यको पक्षमा हुनुपर्छ “ उहाँले भन्नुभयो– मानव अधिकारीकर्मीले जे देख्छ त्यो बोल्न सक्नुपर्छ, ”। वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएकाले मानवअधिकार संरक्षणको अवस्था कठीन अवस्थामा पुगेको बताउनुभयो । 

सांसद् विन्दा रानाले प्रजातन्त्र र लोकतन्त्रको स्थापनामा मानव अधिकारकर्मीले खेलेको भूमिकाको सराहना गर्नुभयो । सङ्गठनका क्षेत्रीय संयोजक नरेन्द्र बाँस्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा सङ्गठनका केन्दीय महासचिव महामुनिश्वर आचार्य, स्वतन्त्र पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेललगायतका वक्ताहरुले मानव अधिकारको स्थितिका बारेमा बोल्नुभएको थियो । 

सो भेलामा यस क्षेत्रका १४ जिल्लाका करिब ६० जना मानव अधिकारकर्मीको सहभागिता रहेको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई