२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि बन्द

१२ श्रावण २०८१, शनिबार ०९:५२

साउन १२, गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको काली गण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्र्याक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ । 

पटक पटक अवरुद्ध सडक दुई साता पछि सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको एक हप्तापछि साउन ८ गते बिहानैबाट सडक अवरुद्ध भएको छ । सडकको ट्र्याक नै बगाएपछि सडक खुल्न नसकेको हो । वर्षा रोकिए पनि काली गण्डकी करिडोर आयोजनाले सडक खुलाउन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

करिडोर सडक बागलुङ–१० स्थित दब्ल्याङमा सडकको ट्र्याक नै बगेकाले सडक खुल्ला समय लाग्ने भएको छ । उक्त पहिरोले बलेवा, कुश्मिसेरा र बरेङ सडकसमेत चार दिनदेखि अवरुद्ध बनाएको छ । पहिरोले बागलुङको दक्षिण भेग सडक सञ्जालबाट विच्छेद भएपछि यात्रुहरू पैदल हिँडेर आउजाउ गर्न बाध्य भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली