९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गिद्ध लोप हुँदा ५ लाख मानिसको मृत्यु, कसरी भयो ?

१३ श्रावण २०८१, आईतवार ०७:३८

साउन १३, काठमाडौं | एउटा समय यस्तो थियो जब भारतमा ठुलो संख्यामा प्रकृतिका कुचिकार मानिने गिद्ध पाइन्थे । गाईवस्तुको सिनोको खोजीमा फोहोर थुपारिएका विशाल ठाउँहरूमा गिद्ध झुम्मिइरहेका हुन्थे । 

तर, आजभोली मानवीय गतिविधि र सिनोमा हुने विषादीका कारण गिद्धको संख्या ह्वात्तै घटेको छ। गाईवस्तुका लागि प्रयोग गरिने केही औषधिहरूका कारण दुई दशक भन्दा केही अघिदेखि भारतमा ठुलो संख्यामा पाइने ती गिद्ध मर्न थालेका छन् ।


सन् १९९० को दशकको मध्यतिर आइपुग्दा ५ करोडको संख्यामा रहेका गिद्धको संख्या डाइक्लोफेनाक नामको औषधिका कारण करिब शून्यमा आयो । डाइक्लोफेनाक गाईवस्तुमा प्रयोग गरिने स्टेरोइड मुक्त दुखाइ कम गर्ने औषधि हो । यो गिद्धका लागि घातक रहेको छ ।

डाइक्लोफेनेकको विषादी प्रयोग गरेका पशु मरेपछि गिद्धले खाँदा उसको मृगौला सुन्निएर मर्ने गरेको तथ्य पत्ता लागेपछि सो औषधिको बिक्रीमा प्रतिबन्ध लगाइएको थियो । 

स्टेट अफ इंडियाज बर्डस (State of India’s Birds) को नयाँ रिपोर्ट अनुसार सन् २००६ मा पशुहरुको उपचारमा प्रयोग हुने डाइक्लोफेनाक औषधिमाथि भारतमा प्रतिबन्ध लगाइएसँगै केही क्षेत्रहरुमा गिद्धको मृत्युमा गिरावट आएको छ । तर, कम्तीमा ३ वटा प्रजातीहरू यस्ता थियो जोमाथि यो औषधिको दीर्घकालीन असर पर्‍यो र ९१ देखि ९८ प्रतिशतसम्मको क्षति बेहोर्नु पर्‍यो ।

अमेरिकन इकोनोमिक एसोसिएसन जर्नलमा प्रकाशित अध्ययनमा भनिएको छ : ती गिद्धको मृत्युका कारणले घातक ब्याक्टेरिया तथा संक्रमण फैलियो । जसका कारण ५ वर्षमा करीब ५ लाख मानिसको मृत्यु भयो ।

५ लाख मानिसको मृत्यु कसरी भयो ?

अध्ययनका एकजना लेखक तथा शिकागो विश्वविद्यालयस्थित ह्यारिस स्कुल अफ पब्लिक पोलिसीका सहायक प्राध्यापक इयाल फ्रेंक भन्छन् – गिद्धले प्रकृतिलाई स्वच्छ राख्न र हाम्रो पर्यावरणबाट जिवाणु तथा रोगबाट मरेका जनावरहरु हटाउनमा महत्वपूर्ण भूमिका निभाउँछन् । गिद्धको अभावमा रोग फैलिन सक्दछ ।

मानिसको स्वास्थ्यमा गिद्धको भूमिकाले वन्यजन्तुको संरक्षणको महत्वलाई दर्शाउँछ।

पर्यावरणमा सबै जिवहरुको आ आफ्नै काम हुन्छ, जसले हाम्रो जीवनलाई प्रभावित गर्दछन् ।

फ्रेंक र उनका सहकर्मी शोधकर्ता अनन्त सुदर्शनले गिद्धको संख्यामा गिरावट हुनुभन्दा अघि र पछि ऐतिहासिक रुपबाट गिद्धको संख्या कम भएका भारतीय जिल्लाहरू तथा गिद्धको संख्या धेरै भएका जिल्लाहरुमा मानवीय मृत्युको दरको तुलना गरे ।

उनीहरूले रेबिन खोपको बिक्री, जंगली कुकुरको संख्या तथा पानी आपूर्तिमा रोग फैलाउने कारकहरुको स्तरको अध्ययन गरे ।

त्यसक्रममा सुन्निएको उपचारमा प्रयोग हुने औषधिको बिक्री बढ्दा र गिद्धको संख्या घटेपछि ती जिल्लाहरु (जहाँ कुनै समय गिद्धको संख्या उच्च थियो) मा मानव मृत्युको दरमा ४ प्रतिशतभन्दा धेरैको वृद्धि देखियो ।

शोधकर्ताहरुका अनुसार पशुहरुको सिनो यत्रतत्र फ्याँकिने गाईवस्तुको संख्या बढी भएका सहरहरुमा यसको प्रभाव सबैभन्दा धेरै पाइएको थियो ।

शोधकर्ताहरुका अनुसार सन् २००० देखि २००५ सम्ममा गिद्धको संख्या घटेका कारणले हरेक वर्ष करिब एक लाखभन्दा धेरै मानिसको मृत्यु भयो । अकाल मृत्युका कारण भारतले हरेक वर्ष ६९ अर्ब डलरको क्षति ब्यहोर्नु पर्‍यो ।

कुनै प्रजाती नासिँदा मानिसमा के असर पर्छ ?

उल्लेखित मृत्युहरु यस्ता रोग तथा जिवाणुहरू फैलिएका कारण भयो, जसलाई आम रुपले गिद्धले पर्यावरणबाट टाढा राखिदिन्थे ।

वास्तवमा गिद्ध नहुँदा भुस्याहा कुकुरहरुको सख्यामा वृद्धि भयो र मानिसमा रेबिज जस्ता रोगहरुको दर बढ्न पुग्यो । त्यसबेला रेबिज खोपको बिक्री बढ्यो, तर खोप पर्याप्त मात्रामा उपलब्ध थिएन ।

गिद्धले जस्तो कुकुरले सिनोका अवशेषहरू सफा गर्न सक्दैनथ्यो । जसका कारण सिनोमा भएका जिवाणुहरू खानेपानीका स्रोतसम्म पुगे । पानीमा त्यस्ता हानिकारक ब्याक्टेरिया मिसिंदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर पार्‍यो ।

वार्विक विश्वविद्यालयका सहप्राध्यापक तथा यस अध्ययनका सहलेखक सुदर्शन भन्छन् : भारतमा गिद्धको संख्यामा गिरावट आउनु वास्तवमा यो कुराको प्रष्ट उदाहरण हो कि कुनै प्रजाति नासिंदा मानिसले कति भारी तथा अप्रत्याशित मूल्य चुकाउनु पर्ने हुन्छ ।

उनी भन्छन्-यो मामिलामा नयाँ रसायनहरुलाई दोषी ठहराइयो । तर, अन्य प्राकृतिक बासस्थान विनास, वन्यजन्तुको अवैध व्यापार तथा जलवायु परिवर्तन जस्ता मानवीय गतिविधि सिर्जित घटनाले जीवजन्तुमा असर पारेका छ र अन्ततः त्यसले समग्र मानिसलाई नै प्रभाव पार्दछ ।

शोधकर्ताका अनुसार भारतमा सन् २०१९ को पशु गणनामा देशमा ५० करोडभन्दा धेरै पशु रहेको तथ्यांक छ । अर्थात् भारत विश्वमै सबैभन्दा धेरै घरपालुवा पशु भएको देश हो ।

विगतमा किसानहरुले पशुका शवलाई छिटो गरी हटाउनका लागि गिद्धमा निर्भर हुन्थे । तर, भारतमा गिद्धको गिरावट कुनै पनि पन्छी प्रजातिमा अहिलेसम्मकै सबैभन्दा तीव्र गिरावट मानिएको छ । जुन अमेरिकामा परेवा लोप भएपछिको ठूलो गिरावट हो ।

विज्ञका अनुसार गिद्धको संख्यामा निरन्तर गिरावटले गिद्धमाथि मडारिइरहेको खतरातर्फ संकेत गर्दछ, जुन गम्भीर चिन्ताको विषय हो । किनकि गिद्धको संख्यामा गिरावट आउँदा मानव कल्याणमा नकारात्मक असर पर्दछ । -बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु