2026-06-17 04:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्कुल जान्छु भन्दै घरबाट हिँडेकी किशोरी कोटेश्वरको गेस्ट हाउसमा बलात्कृत!

साउन १३, काठमाडौं | ललितपुरको लुभूस्थित एक स्कुलमा कक्षा ९ मा अध्ययन गर्दै गरेकी एक किशोरी बलात्कृत भएकी छिन् ।  स्कुल जान भनेर सँगै पढ्ने साथीसँग हिँडेकी उनी कोटेश्वरको गेस्ट हाउसमा बलात्कृत भएकी हुन् ।

गत असार ५ गते उनीहरू बिहान सवा ८ बजेतिर स्कुल जान भन्दै घरबाट हिँडेका थिए । तर, स्कुल नगई राइड शेयरिङ एप पठाओमा एक स्कुटर र एक बाइक बुक गरेर भृकृटिमण्डपस्थित फनपार्क घुम्न गए । 


दिनभर घुमेर गाडीमा उनीहरू कोटेश्वर फर्किए । ढिला भइसकेकाले घर नजाने निधो गरे र कोटेश्वरमा रहेको साइँली नामक गेस्ट हाउसमा बसे ।

सीमित पैसा लिएर घरबाट निस्किएका उनीहरूसँग खाना खाने पैसा थिएन । भोलीपल्ट बिहान ६ गते उठेर ७ बजेतिर दुई किशोरी आफू बसेको होटलसँगै रहेको अर्को गेष्टहाउसमा काम खोज्न गए ।

डिबिका नामको गेष्टहाउसमा पुगेका उनीहरूले त्यहाँ आइसकेका ग्राहक इलाम माईमझुवाका ४० वर्षिय अम्बर बहादुर तिवारीलाई भेटे । आफूहरूसँग खानको लागि समेत पैसा नभएको दुखेसो किशोरीहरूले सुनाए ।

होटलका साहु आएपछि उमेर सानो भएको भन्दै काममा नराख्ने बताए । तर, आफूहरूसँग पैसा नभएको र जे जस्तो काम गर्न पनि तयार रहेको सुनाए ।

उनीहरूको कमजोरीको फाइदा उठाउँदै अम्बरबहादर तिवारीले आफू बसेको कोठामा लगे । अम्बरबहादर तिवारीले किशोरीहरूलाई खाना खुवाएर एक किशोरीलाई बाहिर पठाएको र अर्काेलाई बलात्कार गरेको भन्दै उजुरी परेको छ ।

पीडित किशोरीले आफूलाई ‘ढोकामा चुकुल लगाई बाहिर आउन नदिई मेरो हात समेत बाँधी दिई मैले नमान्दा नमान्दैमा जबरजस्ती करणी गरेको’ भन्दै वानेश्वर वृत्तमा जाहेरी दिएकी छिन् । जाहेरीपछि अम्बरबहादुर तिवारी पक्राउ परेका छन् । कोठा बाहिरबाटै चुकुल लगाई भित्रै थुनेर राखेको र ट्वाईलेट जान्छु भनेर भागेर उजुरी दिएको किशोरीले जनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ