२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

पोखरा स्कुल बस दुर्घटना : विद्यार्थी भन्छन्, ‘बस एकदम स्पिडमा थियो’

२०८१, १४ श्रावण सोमबार ०७:४०

साउन १४, काठमाडौं | पोखरामा आमाछोराको मृत्यु हुने गरी सोमबार भएको स्कुल बस दुर्घटनामा 'ओभरस्पिड’ कारण रहेको बसमा सवार विद्यार्थीले बताएका छन् । घाइतेलाई भेट्न अस्पताल पुगेका पोखरा महानगर प्रमुख धनराज आचार्यसँग कुरा गर्दै विद्यार्थीले बस दुर्घटनाअघि तीव्र गतिमा रहेको बताएका हुन् । 

'पहिला त्यस्तो हुन्थेन, आज बस एकदम स्पिडमा थियो,' एक विद्यार्थीले भनिन्, 'बस सिधै गएर घुम्तीमा खस्यो ।' फुस्रेखोला-रामदी-मट्टीखान सडक निर्माण उपभोक्ता समितिका सदस्य समन गुरूङले भने पहिले-पहिले पनि चालकले तीव्र गतिमा बस चलाउने गरेको सुनाए । 'भर्खरै बनाएको नयाँ बाटो हो, अलि बिस्तारै चलाउ है भनेर पटकपटक भन्दै आएका थियौं,' उनले भने, 'कच्ची बाटो भएको भए बरू स्पिड कम हुन्थ्यो, दुर्घटना हुँदैनथ्यो । पक्की बाटो भएपछि मनलाग्दी स्पिड भयो ।'


दुर्घटनाका प्रत्यक्षदर्शी रामदी-एकहाते टोल विकास संस्थाका अध्यक्ष कृष्ण देवकोटाका अनुसार माथिल्लो घुम्तीबाट बिजुलीको पोल, चिलाउनेको रूखमा ठोक्किँदै बस तल्लो सडकमा आइपुगेको थियो । नयाँ कालोपत्रे भएकोले सडकमा भएका मसिना ग्राभेलले दुई पांग्रे सवारी चिप्लिने गर्थ्यो । तीन दिनअघि मात्रै संस्थाले सडक डिभिजन कार्यालयमा गएर समयमै काम सक्न, बाटोको ग्राभेल सफा गर्न आग्रह गरेको थियो । 'स्कुल बस पनि १५ वर्ष सिटीमा चलेकोलाई रंगरोगन गरेर विद्यार्थी बोकेको भन्ने सुन्नमा आएको छ,' उनले भने, '२० जना सिट क्षमताको बसमा ३० जना चढाउनु विद्यालयको लापर्बाही हो ।'

पोखरा-२१ छरछरेमा सोमबार विरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनको छोरा ६ वर्षीय प्रिन्स विकको निधन भएको छ । उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । बसमा ३० जना सवार थिए । बसका चालक, एक शिक्षिका, एक अभिभावक र घाइते २५ विद्यार्थीको उपचार भइरहको छ ।

कृस्तीबाट विद्यार्थी लिएर पोखरा-१७ विरौटामा रहेको विद्यालयमा बस फर्किरहेको थियो । ग१क ६२१९ नम्बरको बस घुम्तीबाट झण्डै ५० मिटर तल खसेको थियो । घाइतेमध्ये १३ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई