९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बुढीगण्डकीमा भेटिएको शव फेरि हराएपछि…

१४ श्रावण २०८१, सोमबार ०८:४१

साउन १४, काठमाडौँ । गोरखाको आरुघाट नजिक बुढीगण्डकी किनारमा आइतबार साँझ देखिएको एउटा शव फेरि हराएको छ। 

आइतबार साँझ गोरखाको आरुघाट बजारदेखि तल बुढीगण्डकी किनारमा एक युवकको शव फेला परेको सूचना आज (सोमबार) बिहान गोरखा प्रहरीलाई गएको थियो। 

‘हामी आज बिहान त्यहाँ पुग्दा शव थिएन,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक एसपी वासुदेव पाठकले भने, ‘नदी किनारमा हिजो साँझ देखिएको त्यो शव फेरि नदीले बगाएको हुनसक्ने आशंका हामीले गरेका छौँ।’


उक्त शव गोरखाको धार्चेमा आइतबार बिहान गएको पहिरोमा बेपत्ता भएका पाँच जनामध्ये कसैको हुन सक्ने अनुमान प्रहरीले गरेको छ।

गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा आइतबार बिहान पाहिरोले एउटा घर बगाउँदा हाइड्रो पावरमा कार्यरत एकै परिवारका तीनसहित पाँचजना कामदार बेपत्ता छन्। 

विगत ३० घण्टादेखि खोजी गरे पनि उनीहरुलाई फेला पार्न नसकिएको एसपी पाठकले बताए। 

‘हिजो साँझ आरुघाटका एक स्थानीयले कालीगण्डकी किनारमा एक युवकको शव देखेका रहेछन्। तर, उनले त्यतिबेलै यो खबर हामीलाई गरेनन्,’ एसपी पाठकले भने, ‘आज बिहान मात्रै स्थानीयहरुसँग उनले आफूले हिजो साँझ कालीगण्डकी किनारमा एउटा शव भेटेको थिएँ भनेछन्। त्यसपछि हामीलाई खबर आयो। आज बिहान गाउँलेसँगै हाम्रो टोली त्यहाँ पुग्दा शव थिएन।’

उनले गएराति कालीगण्डकीमा आएको बाढीले शव पुनः बगाएको हुनसक्ने बताए। ‘हाम्रो टोलीले अहिले पनि कालीगण्डकी र त्रिशूली किनारमा पहिरोमा बेपत्ताहरुको खोजी गरिरहेकाे छ,’ एसपी पाठकले भने।

त्रिशूलीमा भेटियो एक महिलाको शव

यसैबीच त्रिशूली नदीमा आइतबार साँझ एक महिलाको पनि शव फेला परेको छ। ‘त्यो शव पनि हिजो गोरखामा गएको पहिरोमा बेपत्तामध्येकै एक जनाको हो कि भन्ने आशंका हामीले गरेका छौँ,’ एसपी पाठकले भने, ‘थप अनुसन्धान हुँदैछ।’

ती महिलाको शव अहिले गोरखा जिल्ला अस्पतालमा राखिएको उनले बताए। ‘त्यो शव सनाखतको लागि पहिरोमा बेपत्ता भएकाहरुका आफन्तलाई खबर गरेका छौँ,’ उनले भने।  

बुढीगण्डकी नदी बेनीघाट तल त्रिशूलीमा मिसिन्छ। दुई नदीको मिलनबिन्दु नजिकै महिलाको शव फेला परेको हो।  

पहिरोमा परेर धार्चे गाउँपालिका–५ रेसेका ३७ वर्षीय जितबहादुर गुरुङ, उनकी श्रीमती ३५ वर्षीया कान्छी गुरुङ, बुवा ६० वर्षीय सुकलाल कान्छा गुरुङ र सोही ठाउँका ३३ वर्षीय रमेश गुरुङ, हाइड्रो पावरकै ट्याक्टर चालक २४ वर्षीय रमेश परियार बेपत्ता छन्। 

त्रिशूलीमा आइतबार फेला परेकाे शव कान्छी गुरुङको हुन सक्ने आशंका प्रहरीले गरेको छ। 

पहिरोमा बेपत्ताहरुलाई बाढीले बगाएर ल्याउन सक्ने भएकाले त्रिशूली र कालीगण्डकी किनारमा खोजी कार्य केन्द्रीत गरिएको एसपी पाठकले बताए। 

‘स्थानीयसँगै प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी टोलीले नदी किनारमा अहिले पनि बेपत्ताहरुको खोजी गरिरहेका छन्,’ एसपी पाठकले भने, ‘स्थानीय गाउँलेलाई पनि हामीले नदी किनारमा यसो नजर लगाउन भनेका छौँ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी