९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

व्यक्ति बेपत्ता पारेको मुद्दामा बम्जनलाई ३ लाख धरौटीमा छाड्ने आदेश

१४ श्रावण २०८१, सोमबार १२:१४

साउन १४, काठमाडौँ । आफूलाई तपस्बी बताउने रामबहादुर बम्जनलाई व्यक्ति बेपत्ता पारेको मुद्दामा धरौटी मागिएको छ । सिन्धुपाल्चोक जिल्ला अदालतले उनलाई धरौटी मागेको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनसँग ३ लाख धरौटी माग गरेको हो । बम्जनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा रहेको बाढेगाउँ आश्रमबाट एक महिला बेपत्ता पारेको अभियोग थियो । चौतारा कारागारमा रहेका उनले धरौटी रकम बुझाउन नसकेको खड्काले जानकारी दिए ।

सिन्धुपाल्चोक अदालतले धरौटीमा छाड्न आदेश दिएपनि उनी  छुट्न सक्ने अवस्था छैन ।  यसअघि असार १७ गते बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने सर्लाही अदालतले फैसला सुनाइसकेको छ ।

०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बम्जनविरुद्ध बाल यौन दुराचार मुद्दा दर्ता गरेको थियो । सर्लाही जिल्ला अदालतले ०७७ असार २१ म पक्राउ पूर्जी जारी गरेको अधारमा बम्जनलाई प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट गत पुस २४ मा पक्राउ गरेको थियो ।

महोत्तरीको जलेश्वर जेलमा रहेका बम्जनलाई सिन्धुपाल्चोकमा परेको मुद्दाको अनुसन्धानका लागि लगिएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो भारतको आसाममा भएको झडपमा दुई जनाको मृत्यु, ४० भन्दा बढी घाइते केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ निर्वाचन हुने÷नहुने बहस अब निरर्थकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी