2026-06-17 02:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आँखामा समस्या भएपछि सर्जरी गर्न अमेरिका जाँदै शाहरुख

साउन १५, काठमाडौँ । गत मे २१ मा भारतको अहमदाबादमा आयोजित आइपीएलको क्रममा अभिनेता शाहरुख खानलाई हिट-स्ट्रोक भयो । लगत्तै उनी अस्पताल भर्ना भए र भोलिपल्ट डिस्चार्ज गरियो ।

बलिउड हंगामको रिपोर्टअनुसार अभिनेता यतिबेला पुनः स्वास्थ्यको समस्याले पीडित छन् । यसपटक भने उनको आँखामा समस्या देखिएको छ । जुलाई २९ मा मुम्बईको एक अस्पतालमा आँखाको सर्जरीको लागि उनी गए ।


तर, योजनाअनुसार त्यहाँ सर्जरी हुन सकेन । स्रोतले भन्यो- सुपरस्टारको आँखामा पुगेको क्षतिलाई कम गर्न र थप उपचारका लागि उनलाई अमेरिका लगिनेछ । उनी मंगलबार अमेरिका उड्ने जनाइएको छ ।

स्रोतले शाहरुखको आँखामा कस्तो समस्या भएको हो भन्ने त खुलाएन तर केही भारतीय संचारमाध्यमले शाहरुखको आँखामा मोतियाबिन्दु भएको हुनसक्ने समाचार लेखेका छन् ।

पछिल्लो समय शाहरुखको आँखामा समस्या आएको यो दोस्रोपटक हो । गतसाता अभिनेत्री जस्मिन भासिनले पनि लेन्स लगाएपछि आँखामा समस्या देखियो । दुबै आँखामा पट्टी बाँधेको अभिनेत्रीको तस्वीर भाइरल बनेको थियो ।

अभिनेता खान पछिल्लोपटक फिल्म ‘डंकी’मा देखिएका थिए । उनी छोरी सुहानाको डेब्यु फिल्म ‘किङ’मा पनि देखिनेछन् । छोरा आर्यनको डेब्यु फिल्मको लागि पनि शाहरुखले तयारी गरिरहेको पिंकभिल्लाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ