९ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र ३७ वर्षीय युवकको शव फेला

१६ श्रावण २०८१, बुधबार ०७:२०

साउन १६, काठमाडौँ । काठमाडौँ  महानगरपालिका–२६ नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव फेला परेको छ ।

बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको हो । मृत भेटिएका व्यक्ति सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।


घटनाको प्रकृति हेर्दा ४/५ दिनअघि नै मृत्यु भइसकेको जस्तो देखिएको एसपी अधिकारीले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर अनुसन्धान अघि बढाइएको छ । मृत भेटिएका व्यक्ति यातायात क्षेत्रमा नै बसपार्कतिर काम गर्ने गरेको पाइएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित ८ जनाको मृत्यु ‘सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो’ पूर्वप्रम खनालकी पत्नीको स्वास्थ्य सुधारोन्मुख सुनचाँदीको मूल्य बढ्यो जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२औँ जन्मजयन्ती नवीकरणीय ऊर्जा क्षेत्र तीव्र बनाउन चीनको नयाँ योजना वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत ठगीको अभियोगमा पक्राउ उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार राष्ट्रपतिसँग बिदाइ भेट पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ जेन्जी आन्दोलनका शहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ : रवि लामिछाने कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्ने मन्त्रीद्वयद्वारा नेपाली कांग्रेसको कार्यालय निरीक्षण ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड चाहिन्छ : ट्रम्प