2026-06-17 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाल कमर्श कलेजका प्राध्यापक हत्या: विद्यार्थीलाई ‘मन पराउँछु’ भनेपछि हत्या

साउन १६, काठमाडौँ । काठमाडौँको मिनभवनस्थित नेपाल कमर्श क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न रञ्जन खड्कालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । २०६४ असार २६ मा ललितपुर महानगरपालिका–२२ स्थित शंखमुलमा प्राध्यापकको हत्यामा संलग्न खड्का १७ वर्षपछि पक्राउ परेका हुन् ।

काठमाडौँ–३२ स्थित कोटेश्वर घर भएका खड्का करिब १७ वर्ष भारतमा लुकेर बसे । खड्का भारतको बैंगलोर र जल्पाइगुडी क्षेत्रमा लुकेर बस्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।


अपराध अनुसन्धान कार्यालयबाट खटिएको इन्स्पेक्टर नेतृत्वको टिमले उनलाई जल्पाइगुडीबाट पक्राउ गरेर काठमाडौँ ल्याएको हो । फुपुको छोरा धादिङ गंगाजमुना गाएँपालिका–७ घर भएका विनोद थापाको आग्रहमा उनी प्राध्यापकको हत्यामा संलग्न भएका थिए । रञ्जन विनोदको मामाका छोरा हुन् ।  

विनोदकी दिदी सबिता थापा अधिकारी भन्ने शोभिता थापा त्यतिबेला कमर्श क्याम्पसमा स्नातक तहमा अध्ययनरत थिइन् । प्राध्यापकले आफूलाई ‘मन पराउँछु’ भनेर पटकपटक फोन गर्ने गरेको कुरा शोभिताले भाईलाई सेयर गरिन् । विनोदले आफ्नो टिम भेला गरे । शोभिताले प्राध्यापकलाई भेट्न बोलाइन् ।

शोभितालाई भेट्न शंखमुल गएका प्राध्यापकलाई रञ्जन, विनोद र भक्तपुरका राजिब पाण्डेले रड र इट्टा प्रहार गरे । कुटपिटबाट प्राध्यापकको मृत्यु भएको प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले बताए । शोभिता २०८० चैतमा पक्राउ परेर धरौटीमा छुटेकी छन् ।

विनोद थापा जेल सजाय काटेर २०७९ असोज ३ मा रिहा भएका छन् । लागु औषध मुद्दामा झापामा पक्राउ परेपछि प्रहरीले उनलाई काठमाडौँमा ल्याएर हत्या मुद्दामा बयान गराएको थियो । ललितपुर जिल्ला अदालतले उनलाई २०७१ पुस ३० मा जन्मकैदको फैसला गरेको थियो ।  

अर्का प्रतिवादी भक्तपुर लोकन्थलीका राजीव पाण्डे पनि २०७६ मा डिल्लीबजार कारागारबाट रिहा भइसकेका छन् ।

रञ्जनको मुद्दा चाहिँ ललितपुर जिल्ला अदालतमा मुल्तवीमा रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए । 

रन्जन लामो समयदेखि भारतमा लुकेर बस्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ