2026-06-17 01:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘बिस्ताराले पोल्यो’ गीत विवादित भएपछि शान्तिश्रीले मागिन् माफी

साउन १६, काठमाडौँ । आफ्नो पछिल्लो तीज गीत ‘बिस्ताराले पोल्यो’लाई लिएर व्यापक आलोचना र विरोध भएपछि गायिका शान्तिश्री परियारले दर्शक-श्रोतासँग माफी मागेकी छन् ।

बुधबार ‘जो जससँग सम्बन्धित छ’ शीर्षकमा वक्तव्य जारी गर्दै शान्तिश्रीले उक्त गीतको भिडियोको केही दृश्यांशको कारण दर्शक, श्रोताको मनोभावना तथा सामाजिक परिप्रेक्ष्यमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालमा नकारात्मक टीकाटिप्पणी आइरहेकाले माफी मागेको उल्लेख छ ।


आगामी दिनमा शब्द छनोट गरी गाउने वाचा गर्दै उनले अब हिंड्दा ख्याल गरेर हिंड्ने बताएकी छन् । साउन ११ मा युट्युबमा रिलिज भएको तीज गीत ‘बिस्ताराले पोल्यो’मा शान्तिश्री र हरि गिरी ‘विमर्शी’को स्वर छ । गिरीकै संगीत रहेको गीत अपाच्य रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

शान्तिश्रीले वक्तव्यमा लेखेकी छन्, ‘कहिलेकाहीं सधैं हिँडिरहेको बाटोमा पनि ठेस लाग्दो रहेछ । त्यहाँबाट लागेको थोरै चोट, जुन चोटले आफूसँगै आफ्ना र आफ्ना शुभचिन्तकलाई धेरै दुख्ने रहेछ । त्यसैले अब हिंड्दा अलि ख्याल गरेर हिंड्नेछु ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ