२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

युवक हराएको‍ २८ दिनमा जंगलमा भेटियो कंकाल

२०८१, १७ श्रावण बिहीबार ०६:५६

साउन १७, काठमाडौँ । काभ्रेमा जंगलमा मानव ‍कंकाल फेला परेको छ।

बुधबार साँझ पाँचखाल नगरपालिका-६ तिनपिप्लेस्थित सामुदायिक वनमा मानव कंकाल भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले उक्त कंकाल स्थानीय  २१ वर्षीय विजय श्रेष्ठको रहेको खुलेको छ। 


उनी असार १८ गतेदेखि हराइरहेका थिए। 

बुधबार जंगल गएका स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरिएको थियो। 

डिएसी श्रेष्ठका अनुसार कंकालनजिक फेला परेको चप्पलका आधारमा विजयका बाबुले शव पहिचान गरेका हुन्। 

'चप्पल र लुगाको आधारमा मृतकको बुबाले शव पहिचान गरेका छन्,' उनले भने, 'पोस्टमर्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ।' 

 घटनाबारे थप विवरण पोष्टमर्टम रिपोर्टपछि मात्रै आउने  उनले बताए। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै