साउन १७, काठमाडौँ । अर्घाखाँचीमा १९ वर्षीय किशोरीमाथि बलात्कार आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन्।
सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने ६१ वर्षीय निमबहादुर कुँवर पक्राउ परेका हुन्।
उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको टोलीले बुधबार साँझ पक्राउ गरेको हो।
कुँवरले १९ वर्षीय किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा ललाइ फकाइ लगेर बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।