३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मलेशिया जाँदा लागत तिरेर गएका नेपालीहरूलाई लागत फिर्ता लिन गुडइअर कम्पनीको आग्रह

२२ श्रावण २०८१, मंगलवार ०५:०९

साउन २२, काठमाडौँ । साउन २२, काठमाडौँ । मलेशिया स्थित प्रतिष्ठित 'गुड इअर' टायर कम्पनीले मलेसियामा आफ्नो कम्पनीमा काम गरि फर्किएका नेपाली कामदारहरुलाई मलेसिया जाँदा लागेको भर्ना लागत रकम फिर्ता गर्ने सम्बन्धमा सूचना जारी गरेको छ । मलेसियको Goodyear Malaysia Berhad (GMB)  कम्पनीसँग जोडिएका पूर्व श्रमिकहरुले भर्ति शुल्क फिर्ता आबेदन दिनको को लागि सूचनाले आह्वान गरेको हो । सूचनामार्फत जानकारी दिँदै उक्त कम्पनिले पूर्व कामदारहरुले तिरेको भर्ति शुल्क पूर्व कामदारहरु लाई फिर्ता गर्ने कार्यक्रम चलाइएको जनाएको छ ।

जारी सूचना: 


जारी सूचना अनुसार भनिएको छ 'GMB सँग अघिल्लो रोजगार सुरक्षित गर्नको लागि तपाइले तेश्रो पक्षलाई तिरेका कुनैपनि भर्ति शुल्कहरुको फिर्ता प्राप्त गर्न आवेदन दिनुहोस् । सूचना अनुसार आवेदन दिने मिति आगामी ३१ जनवरी २०२५ सम्म तोकिएको छ । भर्ति शुल्क फिर्ता पाउनको लागि नेपाली नागरिक हुनुपर्ने, पहिले GMB (गुड एअर मलेशिया बर्हाड) मा काम गरेको हुनुपर्ने, साथै उक्त कम्पनीमा जाँदा भर्ति शुल्क तिरेको र यस अघि भर्तिशुल्क बापतको रकम फिर्ता नपायको हुनुपर्ने छ । 

मलेसिया स्थित 'गुड इअर' एउटा स्थापित टायर उत्पादक कम्पनी हो । कम्पनीले आफूहरुले आफ्नो कम्पनीमा जाने कामदारहरुको पक्षमा जिम्मेवार र नैतिक भर्ना प्रक्रिया कार्यान्वयन होस् भन्ने सुनिश्चित गर्न यस्तो सूचना जारी गरेको हो । 

फिर्ता आवेदन तथा थप जानकारीको लागि नेपाली युवाहरुले +९७७-९७०४२९९५१६ मा सिधा फोन गर्न वा इमेल [email protected] मा सम्पर्क गरेर आवश्यक जानकारी तथा सहयोग लिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड