२४ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

यूएईका नेपाली कामदारमा झै-झगडा गर्ने प्रवृत्ति बढेपछि…

२४ श्रावण २०८१, बिहीबार ०७:३९

साउन २४, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरूमा मादक पदार्थ पिएर झैझगडा गर्ने प्रवृत्ति बढेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले सूचना जारी गरी सचेत गराएको छ। 

सूचनामार्फत दूतावासले नेपालीहरूलाई आफू बस्ने र काम गर्ने ठाउँमा सभ्य व्यवहार प्रदर्शन गर्न अनुरोध गरेको छ। 

‘हालका दिनमा नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको जानकारी यहाँको सम्बन्धित निकायबाट प्राप्त हुन आएको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित सबैमा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्समा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू नेपालका सद्‌भावना राजदूतका रूपमा रहेको हुँदा आफू रहे/बसेको र कार्य गर्ने स्थलमा सभ्य व्यवहार प्रदर्शन गर्न नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ।’

यस्तै दूतावासले आफ्नो कार्यालय परिसर बाहिर पनि मादक पदार्थ खाएर वा नखाई हुलहुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई अपशब्द प्रयोग गरी गाली गर्ने गरेको पाइएको भनी कारबाही हुने चेतावनी पनि दिएको छ।

यस्तो छ दूतावासको पूरा सूचना-


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बागमतीविरुद्ध आर्मीले जोड्यो पहिलो पालीमा २७६ रन, इमरान र बसिरले अर्धशतक हिर्काए गृहमन्त्री लेखकसहित ५ सांसदविरुद्धको अदालतको अवहेलना मुद्दा हेर्न नमिल्नेमा अष्ट्रेलियाको सिड्नीमा नेपाली महिलाको शंकास्पद मृत्यु जय ट्रफी : मयनको अर्धशतकका बावजुद मधेसलाई पुलिसले गर्‍यो १२९ रनमै अलआउट वाईफाईबारे विवाद हुँदा ८० वर्षीय हजुरबुवाको हत्या, समातिए नाति-नातिनी काठमाडौंका कैदीलाई नुवाकोट सारिँदै, किन? गायक उदित नारायण बस्ने अपार्टमेन्टमा आगो लागेपछि… कुवेतमा निस्सासिएर २ नेपाली महिला श्रमिकको मृत्यु पोल्याण्ड पठाइदिन्छु भन्दै ८० लाख ठगी गरेको आरोपमा दुई जना पक्राउ भूकम्पको २४ घण्टा : चीनमा ५१५ वटा परकम्प, कम्तीमा १२६ जनाको मृत्यु सहकारी ठगी प्रकरणमा मुछिएकी ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित जय ट्रफीमा पुलिसविरूद्ध मयन यादवको अर्धशतक सुनको मूल्य बढ्यो, प्रतिताेला कतिमा हुँदैछ काराेबार ? एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद्