२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बैतडीमा २२ हजार मेट्रिकटन खाद्यान अभाव

१५ कार्तिक २०७३, सोमबार ०३:२८

नरी बडु | कात्तिक, १५, बैतडी | खाद्य असुरक्षित मध्येको एक यस जिल्लामा २२ हजार चार सय २० मेट्रिकटन खाद्यान अभाव छ ।

जिल्लाको जनसंख्या अनुसार ५० हजार ६ सय ७५ मेट्रिकन खाद्यान्य आवश्यक भएपनि अहिले जिल्लामा २८ हजार दुई सय ५४ मेट्रिकन मात्रै खाद्यान्न उत्पादन हुने गरेको छ ।

अहिले जल्लाका १४ गाविस उच्चखाद्य असुरक्षित छन । ३६ औँ विश्व खाद्य दिवसको अवसरमा आयोजना गरीएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । विभिन्न १७ वटा सूचकका आधारमा गाविसको खाद्य सुरक्षाको अवस्था विश्लेषण गरीएको जिल्ला कृषि विकास कार्यालय बैतडीका वरिष्ठ कृषिविकास अधिकृत कमलेश तिवारीले बताए । 

खाद्य उपलब्धता, खाद्यमा पहुँच, खाद्यको उपभोग तथा निरन्तरतामा आधारित रहेर खाद्य सुरक्षाको अवस्था पत्ता लगाइन्छ । सूचकहरुलाई विश्लेषण गर्दा जिल्लाका आम्चोरा, विशालपुर, कुलाउ, महाकाली, पञ्चेश्वर, शर्माली, शिवनाथ, उदयदेव, कोटपेटरा, थालाकाँडा, सिगास, शिवलिङ्ग, न्वादेउ र ढुंगाड उच्चखाद्य असुरक्षित गाविसको सूचीमा रहेका छन ।

सुक्खा खडेरीका कारण खाद्यान्नबालीको उत्पादनमा ह्रास हुनु, घरधुरीको खाद्य सञ्चित घट्नु, जीवन निर्वाहका लागि वैकल्पिक उपाय अपनाउनुपर्ने अवस्था आएका कारण उच्चखाद्य असुरक्षित गाविसमा परेकाहुन् ।

यस्तै २३ गाविस मध्यमखाद्य असुरक्षित अवस्थामा तथा २ नगरपालिका र बाँकी २१ वटा गाविस न्युनतमखाद्य असुरक्षित गाविसको सूचीमा रहेका छन् ।

जिल्लामा कुल खेतीयोग्यजमिन ३१ हजार ४ सय ८५ मध्ये २५ हजार ७ सय हेक्टरमामात्रै खेती गरिदै आएको छ । तीमध्ये १० हजार ५ सय २० हेक्टरमा सिचाई सुविधापुगेको जिल्ला कृषिविकास कार्यालयको तथ्यांकले देखाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली