२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

साझा धारणा बनाउन सञ्चारले स्वस्थ बहस सञ्चालन गर्नुपर्ने

२०७३, १७ कार्तिक बुधबार १४:१०

कृष्ण कँडेल, कात्तिक १७, बुर्तिबाङ । सञ्चार माध्यमले स्थानिय सरोकारमा साझा धारणा बनाउन सरोकारवाला विच स्वस्थ बहस सञ्चालन गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।  रेडियो बुर्तिबाङ र ईमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको बुर्तिबाङ सेवा केन्द्रले संयुक्त रुपमा बुर्तिबाङमा गरेको अन्तरक्रिया तथा शुभकामना आदान–प्रदान कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन् । 

दिपावली, छठपर्व तथा नेपाल संबत ११३७ को अवसरमा शुभकामना आदान–प्रदान सहित “निष्पक्ष पत्रकारिता मार्फत सामाजिक समृद्धि” भन्ने विषयमा स्थानिय राजनैतिकदल, उद्योगि व्यवसायी तथा सरोकारवाला विच अन्तरक्रिया गरिएको थियो ।  

कार्यक्रममा नेकपा एमाले बागलुङ क्षेत्र नम्बर–३ का संयोजक ज्ञानप्रसाद कँडेलले सञ्चार माध्यम मार्फत स्थानिय रुपमा क्रियाशिल राजनैतिक दल, स्थानिय नागरिक तथा सरोकारवालालाई एउटै मञ्चमा भेला गरि अन्तरक्रिया गरेर साझा धारणा बनाउन प्रेरित गर्ने खालका कार्यक्रम गर्न आग्रह गरे  । संयोजक कँडेलले भने–“पछिल्लो पटक स्थानिय निकाय गठनका लागि छलफल भईरहेको छ, फरक पार्टि र फरक भुगोलका नागरिकको आ–आफ्नै धारणा आएको देखिन्छ, यस्ता सामाजिक हितका विषयमा साझा सधारणा बनाउन सवैविच स्वस्थ बहस मार्फत उपयुक्त निष्कर्षमा पुग्न सहयोग पु¥याउनुपर्छ ।”

सामुदायिक रेडियो परिवर्तनका स्टेशन म्यानेजर राम सुवेदीले पत्रकारिता समाजको ऐना भएकाले समाज जस्तो छ, त्यस्तै देखिने बताए । उनले भने– “अगुवाको व्यवहारबाट समाजका अन्य नागरिकको व्यवाहार पनि प्रभावित हुन्छ, समाजका अगुवाले उदाहरणिय काम गरे अरुले पनि अनुकारण गर्छन्, त्यसैले पहिले अगुवारु सुध्रिनुपछ ।”

बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईका अध्यक्ष चिन्तामणी शर्माले निष्पक्षता र सन्तुलन पत्रकारिताको सवैभन्दा महत्वपुर्ण पक्ष भएकाले यसलाई पछ्याउँदै साझा हितका विषयमा सवैलाई एउटै निष्कर्षमा पु¥याउन मध्यस्थकर्ताको भुमिका सञ्चारले खेल्नुपर्ने बताए । 

नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य चन्द्र अर्यालले सञ्चार माध्यम सुनेर नागरिकले धारणा बनाउने भन्दै सञ्चार सामग्रिमा यथार्थता झल्किनुपर्ने बताए । “सञ्चार सवैको वाचडग हो” । अर्यालले भने–“आफु तथ्य नजिक हुन सकेन भने नागरिकमा भ्रम पर्दछ, सञ्चारले कसैको पक्षपोषण ग¥यो भने विश्वसनियता रहन्न, त्यसैले सन्तुलनमा ध्यान दिई सामाजिक सरोकारमा साझा धारणा बनउन समेत उत्पे्ररकको भुमिका निर्वाह गर्नुपछ ।” 

राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरिश्वर पाण्डेले प्रविधिको विकाशसँगै सञ्चारको प्रवाह तत्काल हुने अवस्था आएकाले परिवर्तित समय अनुसार नागरिकलाई सुचना दिन निष्पक्ष सञ्चार आबश्यक रहेको बताए । कार्यक्रममा रेडियो बुर्तिबाङका स्टेशन म्यानेजर कृष्ण कँडेलले आधारपत्र प्रश्तुत गरेका थिए ।  

कार्यक्रममा सामुदायिक रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे, क्षेत्रीय दलित संजालका विष्णु विश्वकर्मा, उत्कृष्ट स्रोताको रुपमा सम्मानित व्यक्तित्व पवित्रा मल्ल,  बुर्तिबाङ राईजिङ युवा क्लवका सचिव कमल भुषाल र रेडियो साथी विष्णु कार्कीले आफ्नो धारणा तथा आधारपत्र माथि टिप्पणी गरेका थिए ।

कार्यक्रमम रेडियो बुर्तिबाङ तथा ईमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष देवकुमार नेपालीले रेडियोले निष्पक्ष सञ्चार अभियान सञ्चालन गर्ने बताए । उनले सवै रेडियो स्टेशन तथा रेडियोकर्मी विच सहकार्य गरेर अघि बढे सामाजिक समृद्धिमा सञ्चार माध्यमको प्रभावकारीता बढ्नेमा जोड दिए । 

कार्यक्रममा रेडियोले उत्कृष्ट स्रोतको रुपमा सिता कँडेल, शुशिल नेपाली, पवित्रा मल्ल, किरण परियार र मोहन रोकालाई सम्मान गरेको थियो ।  त्यस्तै ईमेज बचत तथा ऋण सहकारीले उत्कृष्ट बचतकर्ता वीरबहादुर गुरुङ, सहविन अर्गेजा, दिलबहादुर महत, अर्जुन खत्री, तमकली शर्मा, यमबहादुर केसी, टेकलाल पुरी, कमला थापा, देवेन्द्र पुन भिमबहादुर भट्टचन र थनप्रसाद भुषाललाई सम्मान गरेको थियो । उनिहरुलाई अध्यक्ष देवकुमार नेपाली, रेडियो बुर्तिबाङ तथा ईमेज सहकारीका संरक्षक छेला नेपाली र रेडियोका संरक्षक तुलसिराम अर्याले सम्मान गरेका थिए । कार्यक्रममा राजमो ग्राम समिति बुर्तिबाङ सहित ८ ओटा समुहले देउसी खेलेका थिए । 

कार्यक्रम रेडियो बुर्तिबाङ एवं ईमेज बचत तथा ऋण सहकारीका अध्यक्ष देवकुमार नेपालीको अध्यक्षता, रेडियोका प्रबन्ध निर्देशक ईश्वरीप्रसाद पौडेलको स्वागत र स्टेशन म्यानेजर कृष्ण कँडेलको सञ्चालनमा सम्पन्न भएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो बेलायत पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ काठमाडौँमा बढ्दै वायु प्रदूषण, सचेत रहन आग्रह निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ