पूर्णप्रसाद न्यौपाने,कार्तिक १८, ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि संसोधन अनिवार्य भएको बताएका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
पूर्णप्रसाद न्यौपाने,कार्तिक १८, ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि संसोधन अनिवार्य भएको बताएका छन"/>
२१ मंसिर २०८२, शनिबार
ओखलढुङ्गा - OKL

संविधान कार्यान्वयनका लागि संसोधन अनिवार्य – कोइराला

१८ कार्तिक २०७३, बिहीबार १२:२६


पूर्णप्रसाद न्यौपाने,कार्तिक १८, ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले संविधान कार्यान्वयनका लागि संसोधन अनिवार्य भएको बताएका छन् । ओखलढुंगाको रामपुरमा आज तेस्रो सहिद स्मारक खुल्ला फुटवल प्रतियोगिता उद्घाटन गर्दै कोइरालाले संविधान कार्यान्वयनका लागि असन्तुष्ट पक्षलाई समेत साथमा लिएर अघि बढ्नु पर्ने भन्दै संविधान संसोधन अनिवार्य रहेको बताएका हुन् ।  

उनले भने, ‘अहिलेको संविधान पूर्ण छैन,संसोधन आवश्यक छ । त्यसैले पहिले विभिन्न क्षेत्रबाट उठिरहेका जायज मागहरुलाई समेटेर संविधान संसोधन गर्नुपर्छ,अनिमात्रै संविधान कार्यान्वयन हुन्छ,र चुनाव गर्न सकिन्छ ।’ 

कोईरालाले संविधान कार्यान्वयन पछि मात्र विधिको शासन कायम हुने भएकाले सबै दल मिलेर त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । स्थानीय, प्रान्तीय र केन्द्रीय निर्वाचन सम्पन्न गरेपछि मुलुकले गति लिने भन्दै उनले भने,– ‘अहिलेको पहिलो आवश्यकता संविधान कार्यान्वयनको हो त्यसपछि चुनाव,त्यसैले यसका लागि सबै दलले राष्ट्रप्रतिको कर्तव्य पुरा गर्नुपर्छ,मिलेर अघि बढ्नुपर्छ ।’

कोईरालाले जिल्लाको विकासका लागि ओखलढुंगाबाट निर्वाचीत सांसदहरुले खेलेको भूमिका देशमै नमुनाको रहेको भन्दै प्रशंसा समेत गरेका थिए । कार्यक्रममा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती सहित सांसदहरु यज्ञराज सुनुवार,रामहरि खतिवडा लगाएतको सहभागिता थियो । 

ट्रेकिङ एजेन्सी एशोसीयसन अफ नेपाल (टान) र फ्रेन्सीप युवाक्लवको संयुक्त आयोजनामा आज देखि ओखलढुंगाको वरुणेश्वर रामपुरमा तेस्रो सहिद स्मारक खुल्ला फुटवल प्रतियोगिता सुरु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य