पूर्णप्रसाद न्यौपाने,कार्तिक २०, ओखलढुंगा । संविधान संशोधनको कुरा बजार हल्ला मात्रै भईरहेको एमाले महासचिव पोखरेलले बताउनु भएको छ । ओखलढुंगामा जिल्ला स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पूर्णप्रसाद न्यौपाने,कार्तिक २०, ओखलढुंगा । संविधान संशोधनको कुरा बजार हल्ला मात्रै भईरहेको एमाले महासचिव पोखरेलले बताउनु भएको छ । ओखलढुंगामा जिल्ला स्"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

संविधान संशोधनको कुरा बजार हल्ला मात्रै : एमाले महासचिव पोखरेल

२०७३, २० कार्तिक शनिबार १३:४२


पूर्णप्रसाद न्यौपाने,कार्तिक २०, ओखलढुंगा । संविधान संशोधनको कुरा बजार हल्ला मात्रै भईरहेको एमाले महासचिव पोखरेलले बताउनु भएको छ । ओखलढुंगामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै पोखरेलले अहिले सम्म सरकार वा अन्य कुनै पक्षले संसोधनका बारेमा स्पष्ट धारणा बनाउन नसकेको तर बाहिर हल्ला मात्रै बढि गरेको बताउनुभएको हो । ‘संविधान गतिशील दस्तावेज हो, असंशोधनीय होइन । तर संशोधन केका लागि ? र के विषय हुन् ? भन्ने प्रष्ट हुनुपर्छ’ पोखरेलले भन्नुभयो, ‘संविधान संशोधनको राजनीतिक बजार मात्र भइरहेको छ’ संविधान संशोधनीय दस्तावेज भएपनि अभ्यास, अनुभव र औचित्यपूर्ण हिसाबमा मात्र संशोधन गर्न सकिने उहाँको भनाई छ । 

संविधान संशोधन, सीमांकन, स्थानीय निकायको पुर्नसंरचना र निर्वाचन लगायत विषय राजनीतिक दलकै इच्छाशक्तिमा निर्भर हुने उहाँको भनाइ छ । महासचिव पोखरेलले फरक प्रशंगमा तराई, पहाड, हिमालका नेपाली बीचको एकता हुन जरुरी रहेको बताउनु  भएको छ । मुलुक असहजतामा गुज्रिरहेको अवस्थामा जातजाति, दलहरू, सर्वपक्षीय आम नेपाली बीचको एकता हुन जरुरी रहेको उहाँको भनाई छ । 

कांग्रेस महाअभियोगको विपक्षमा जान पाउँदैन  

एमाले महासचिव ईश्वर पोखरेलले कांग्रेस कुनै हालतमा अख्तियार दुरुपयोग अनुसन्धानका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा जान नसक्ने बताउनु भएको छ । ‘कांग्रेसबाहेकका सबै राजनीतिक दल महाअभियोगका पक्षमा छन्’ पोखरेलले भन्नुभयो,‘काँग्रेसले निर्णयमा पुग्न ढिलो गरे पनि महाअभियोगको विपक्षमा उभिँदैन,उभिन पाउँदैन ।’ 


भेलालाई महासचिव पोखरेल,प्रदेशन नं. १ संयोजक भिम आचार्य,सहसंयोजक शेरधनराई, केन्द्रिय सदस्य एवम् जिल्ला ईन्चार्ज समेत रहनु भएका सांसद यज्ञराज सुनुवार,सांसदहरु हर्कबोल राई,सकुन्तोला राजभण्डारी सहितका सांसद तथा विभिन्न तहका नेताहरुले सम्बोधन गर्नुभएको थियो । भेलामा सहभागि जिल्ला स्थित एमालेका नेता तथा कार्यकर्ताहरुले पनि मुलुकको हित विपरीतका निर्णयहरुका विरुद्धमा थप सकृृय भएर लाग्न नेतृत्वलाई सुझाव दिएका छन् । 

संविधान कार्यान्वयनका लागि एमालेको ४ महिने जनपरिचालन अभियान लिएर महासचिव पोखरेल सहित पुर्वसञ्चारमन्त्री शेरधन राई लगाएतका एमालेका शिर्ष नेताहरु ओखलढुंगा आईपुग्नु भएको हो । राष्ट्रिय एकता,सम्वृद्धि र स्वाभिमान संविधान कार्यान्वयन एमालेको अभियान अन्तरगतको अभियान माथिल्लो सगरमाथाको सोलुखुम्बुमा शुक्रबार र ओखलढुंगामा आज शनिवारबाट सुरु भएको छ । भोली खोेटाङमा कार्यक्रम हुने एमालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी