2026-10-15 08:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाबाट विदेशीने युवाहरुको संख्या बढ्दै

नन्दराम जैशी, कात्तिक २३, जुम्ला । जुम्लामा रोजगारीको अवसर नपाएपछि आर्थिक वर्ष ०७३÷०७४ को चार महिनाभित्र जुम्ला जिल्लाका विभिन्न गाविसबाट २ सय ६९ युवाहरु विदेशिएका छन् । पछिल्लो समयमा हिमाली जिल्लामा यो क्रम तीब्र रुपमा बढिरहेको छ । विदेशिने युवामा दू्रत गतीमा राहदानी लिनेको संख्या दुईसय ६९ जना पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद न्यौपाने बताउनुभयो ।  जुम्ला जिल्लाका हालसम्म राहदानी लिनेको संख्या १ हजार ६ सय २० जना पुगेको उहालृ बताउनु भयो । भारतमा पैसा कमाउन जाने देखि लिएर  बिगत् तीन वर्ष यता हिमाली जिल्लाका युवाहरु समुद्रपारीका देशमा जाने क्रम निकै बढेको छ ।

नेपालीहरुलाई विदेशमा कामसँगै ज्यानको जोखिम छ भन्ने थाह छ तर पनि राज्यले रोजगारी उपलब्ध नगरे पछि कमाउने बेला स्वदेशमा बसेर के गर्नु ? त्यसैले रहर भन्दा पनि बाध्यताले विदेश जानु परेको देपालगाउँ २ का सुरेन्द्र नेपालीले बताउनु भयो । पातारासी १ तल्फीगाउँका कमलबहादुर बुढाले भन्नुभयो, जिल्ला प्रशासन कार्यालय जुम्लामा राहदानीका लागि एउटै गाउँका १२ जना यूवाहरु आएका छौ । स्वदेशमा अर्थात जिल्लामै भने जस्तो रोजगारीको व्यवस्था छैन । विदेशिनु युवाहरुको बाध्यता हो उहाको भनाइ छ ।          

आम्दानी मुलक कुनै कार्यक्रम तथा आयआर्जनका लागि स्वदेशमा राम्रो व्यवस्था नभएकोले विदेशिनु परेको उहाको गुनासो छ । पाण्डबगुफा २ का प्रकाश जैसीले स्वदेशमा पढेर पनि रोजगारी पाउन गाह्रो भएकोले विदेसिनु परेको बताए । जहान परिवार पालनपोषणको लागि भए पनि मातृभूमि छोड्नु परेको उहाको भनाइ छ । हिमाली जिल्लाबाट पढे लेखेका र निरक्षर युवाहरु कामको खोजीमा विदेसिनु परेको उहाको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने