२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वन कार्यालय द्धारा ३२८ क्यूफिट अबैध काठ बरामद

२४ कार्तिक २०७३, बुधबार ११:३८

कमल रावल, कात्तिक २४, अछाम । जिल्ला वन कार्यालय अछामले बिना ईजाजतको (अवैध) काठ पक्राउ गरि नियन्त्रणमा लिएको छ । ३ वटा ट्याक्टरमा लोड गरि जयगढवाट साँफेतर्फ लिदै गरेको अवस्थामा देवलबजार नजिकैवाट काठ छोपिएको हो । प्रहरी चौकी जयगढको गस्ति टोलले शनिवार साँझ काठ फेला पारेको र सोधखोज गर्दा कुनै प्रमाण नभेटिएपछि पक्राउ गरि जिल्ला वन कार्यालयलाई बुझाएको हो ।

काठ कटान आदेश र छुट पूर्जि लिएको कुनै आधिकारीकता नभेटीएपछि ट्याक्टर सहित सबै काठ जिल्ला वन कार्यालय अछामले  नियन्त्रणमा लिएको छ । काठको ओसारपसारमा संलग्न ठेकदार अछाम बाब्लाका बिशाल कुवर सहित से १ त ८३३८, से १ त ७७ ४४ र से १ त ८२ १० नम्वर गरेका ३ वटा ट्याक्टर त्यसका चालक ७४ गोलिया उत्तिसको काठ बरामद गरि जिल्ला वन कार्यालय अछामले नियन्त्रणमा लिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख विकास शर्माले बताए । ३ वटा ट्याक्टरमा लोड गरेर लिदै गरेको अवस्थामा पक्राउ गरिएको काठको नापजाँच गर्दा ३ सय २८ दशमलव ६६ क्यूफिट रहेको पाईएको छ ।

यति धेरै परिणामको काठ जिल्ला वन कार्यालय अछामले पहिलोपटक जफत गरेको शर्माले बताए । जफत गरिएको काठको मूल्याँकन र जरिवाना गरि ६५ हजार ७ सय ३२ बरावरको माग दावि सहित जिल्ला अदालतमा मुद्धा दायर गरिसकिएको निमित्त प्रमुख शर्माको भनाई छ । यस्तै ३ वटै ट्याक्टरको मूलयाँकन गरेर माग दावी गरिने उनले बताए । छोपीएको काठवारे अनुसन्धानको लागि बयालपाटा रेञ्जपोष्टका रेञ्जर रतन राज जैशीलाई अनुसन्धान अधिकृत तोकेर जिल्ला वन कार्यालयले पनि प्रक्रिया अगाडि बढाएको छ ।

ट्याक्टर चालक तिन जना सहित १ जना ठेकदार गरि ४ जनालाई हिरासतमा राखिएकोमा मंगलवार अदालतवाट म्याद थप गरी अनुसन्धान भईरहेको शर्माले जाँनकारी दिए । काठसंगै पक्राउ परेका ठेकदार बिशाल कुवरले भनें जेठ महिनामै कटान आदेश भई निजी जग्गाभित्रको काठ काटिएको र छुटपुर्जी भने नलिएको स्वईकार गरे । नेपालगंज लिनका लागि जयगढमा जम्मा गरेर छुटपूर्जी लिने तयारी गर्दै गर्दा आफ्नो काठ पक्राउ परेको उनले बताए । तर निमित्त जिल्ला वन अधिकृत विकास शर्माले जम्मा गर्ने आदेश र ओसार पसारको अनुमती नलिएको पाईएको र कटान पूर्जिवारे अनुसन्धान भईरहेको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने