कात्तिक २४, मुगु । मुगु जिल्लालाई स्थानिय तह पर्न संरचना गर्दा प्रमुख दलहरुले आफनो क्षेत्रको कठिनाईलाई ख्याल नगरी हचुवाका भरमा जिल्लामा चार गाँउपालिकामा सहमती गरि आयोगमा सिफारिस गरेको भन्दै चरण बद्घ आन्दोलन गदै आएका यहाँका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २४, मुगु । मुगु जिल्लालाई स्थानिय तह पर्न संरचना गर्दा प्रमुख दलहरुले आफनो क्षेत्रको कठिनाईलाई ख्याल नगरी हचुवाका भरमा जिल्लामा चार गाँउपालिकामा सहमती गरि आयोगमा सिफारिस गरेको भन्दै चरण बद्घ आन्दोलन गदै आएका यहाँका "/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पाटी निषेधित क्षेत्र घोषणा

२०७३, २४ कार्तिक बुधबार १५:१८

कात्तिक २४, मुगु । मुगु जिल्लालाई स्थानिय तह पर्न संरचना गर्दा प्रमुख दलहरुले आफनो क्षेत्रको कठिनाईलाई ख्याल नगरी हचुवाका भरमा जिल्लामा चार गाँउपालिकामा सहमती गरि आयोगमा सिफारिस गरेको भन्दै चरण बद्घ आन्दोलन गदै आएका यहाँका एक ईलाकाका जनताहरुले आज आफनो क्षेत्रमा राजनैतिक दलहरुलाई प्रवेश निषेधसम्मको घोषणा गरेका छन ।

आयोगले गत २० गते भित्र सबै जिल्लाहरुलाई स्थनिय तह पुर्नसंरचना निर्देशिकाले तोकेको मापदण्डमा आधारित रहि जिल्लामा मापदण्ड पुगेका गाँउ पालिका र नगरपालिका सिफरिस गर्न भने पनि मुगु जिल्लामा दलिय सहमती नहुदा विलम्व भएको थियो । गत आईतबार दलिय सहमतीमा जिल्लामा रहेका ४ भेगलाई नै चार गाँउ पालिका बनाउने सहमती संगै जिल्ला प्राविधिक समितीले आयोगमा सिफरिस गरेपछि जिल्लाको उत्तरी सोरु भेगमा रहेको ६ नं ईलाकामा रहेका ३ गाविस धैनकोट,कालै र रारा गाविसका जनताहरु छुटै रारा गाँउ पालिकााको माग गदै आन्दोलित भएका थिए । 

आईतबारै बाट आन्दोलन गदै आएका त्यस क्षेत्रका जनताले आईतबार जिविस घेराउ,सोमबार जिल्ला प्राविधिक समितीमा ज्ञापन पत्र पेश,मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत राज्य पुर्नसंरचना आयोगमा ज्ञापन पत्र पेश गरेका थिए र आज उक्त क्षेत्रमा रहेका प्रमुख राजनैतिक दलका सबै गाँउ स्तरिय पदाधिकारी र सामान्य सदस्यबाट राजीनामा र दलहरुलाई आफनो क्षेत्रमा प्रवेश निषेधको घोषणा गरेका हुन ।

नेकपा एमालेका जिल्ला कार्य समितीका सदस्य एवं कालै गाविस वडा नं २ खनाया गाँउका स्थानिय तिर्थ बहादुर शाहीको एमाले कार्यकर्ताको  टोली एमाले जिल्ला कार्यालयमा पुगी सामुहिक राजीनामा दिएका थिए । राजीनमा पेश गदै शाहीले पाटीले आव्हान गरेका विभिन्न आन्दोलन तथा पाटीका विभिन्न काममा सकृय पुर्वक सहभागी भएको र विभिन्न चुनावमा औलाका रेखा मेटिने गरेर भोट हालेपनि पाटीलाई ६ नं ईलाकामा रहेका ३ गाविसको एक रारा गाँउपलिका सिफारिस गर्न ज्ञापन पत्र दिएपनि आफनो लगानी र मागलाई वेवास्ता गदै चार गाँउपालिकामा पाटी सहमत भएकाले आजैको मितीबाट पाटीको जिल्ला कार्य समती सदस्य र सम्पुर्ण गाँउ स्तरिय समितीका पदाधीकारी तथा सामान्य सदस्यबाट राजिनामा दिएको घोषणा गरेका थिए ।

यता नेपाली काँगे्रसका जिल्ला कार्य समितीका कोषाध्यक्ष दान बहादुर शाहीको नेतृत्वमा काँगे्रस पाटी कार्यालय पुगेको ईलाका नं ६ का कार्यकर्ताहरुले पाटी सभापती खड्क बहादुर शाहीलाई राजीनामा पेश गरेका थिए । भने एमाओवादी पोलिटब्यूरो सदस्य मंगल बहादुर शाहीको घरमा पुगेको माओवादी गाँउ स्तरिय कार्यकर्ताको टालीले पनि सामान्य सदस्य पनि नरहने गरि सामुहिक राजीनामा दिएका थिए । सामुहिक राजीनााम पेश गदै जिल्ला समिती सदस्य गुरु प्याकुरेलले आफना क्षेत्रका जनता तथा कार्यकर्ताका मागलाई पाटीले संवेदनशिलका रुपमा नलिई सामान्य ढंगले लिई रारा गाँउ पालिकाको मागलाई वेवास्ता गरेकाले सामान्य कार्यकर्ताको माग सुनुवाई नगर्ने पाटीको कार्यकर्ता भैरहन नैतिकताले नदिएकाले सबै कार्यकर्ताले राजीनमाम दिएको बताउनु भएको थियो ।

जिल्लाको सोरु भेगमा रहेको विच भएर बग्ने मुगु कर्णाली आफना लागी बाधक भएको र प्राविधिक समितीले सिफारिस गरेका हालका पुरै सोरुभेगका ७ गाविसको एक गाँउपालिकामा कणाली वारीका तिन गाविसका जनतालाई भौगालिक विकटता र नदीका कारण असज हुने र वडा पनि टाढा टाढा हुने भएकाले हाल गाविसबाट पाइरहेका सेवा सुविधा भन्दा झन कठिन र असहज हुने भएकाले पहिल्यै देखि आफुहरुले तिन गाविसहरुको एक गाँउपालिका सिफारिस गर्न माग गरेको सो क्षेत्रका युवा अगुवा धर्म बहादुर शाहीले बताउनु भयो । आयोगले जनगणना २०६८ लाई आधार मानेकाले ५ बर्ष यता आफनो क्षेत्रका जनसंख्या बृद्घी भएकाले गाविस प्रोफाईललाई आधार मानी जनसख्या र विचमा मुगु कणाली रहेको आधारमा छुटै गाँउपलिका हुनु पर्ने आफुहरुको जिकिर रहेको पनि शाहीले बताउनु भयो ।

पछिल्लो पटक आयोगले मुगु लाई न्युनतम तिन र अधिकतम ५ गाउपालिका सिफरिस गर्न सिमा तोकेको थियो । 

नेपाली काँगे्रस जिल्ला कार्य समिती मुगुका सभापती खड्क बहादुर शाहीले ईलाकाका आधारमा गाँउ पालिका आफनो पाटीको माग हुदा हुदै आयोगले सिफासिको अन्तिम सिमा तोकी दिदा बाध्य भएर चार गाँउ पालिकामा सहमती गर्नु परेको बताउनु भयो । 


ि

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते