2026-09-08 12:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ललितपुरमा ७ तह प्रस्ताव

कार्तिक २६, ललितपुर । दलहरुका बीचमा सहमति हुन नसकेपछि जिल्लास्तरको स्थानीय निकाय पुनःसंरचना प्राविधिक समितिले सात तहको प्रस्तावित खाका स्थानीय निकाय पुनःसंरचना आयोगलाई पठाएको छ । 

एक महानगरपालिका, एक उपमहानगरपालिका, दुई नगरपालिका र चारवटा गाउँपालिकासमेत गरेर सात तह प्रस्ताव गरिएको जिल्ला विकास समितिले जनाएकोे छ । 

स्थानीय निकाय पुनःसंरचना आयोगले तोकेको अन्तिम मितिसम्म सहमति हुन नसकेपछि प्राविधिक समितिले नै सो खाका पठाएको हो । दलहरुले भने दलको भूमिकालाई बेवास्ता गरेको आरोप लगाउँदै समितिले पठाएको खाकाप्रति असन्तुष्टि जनाएका छन् । 

जिविसले केन्द्र पुल्चोक नै रहने गरी हालको ललितपुर उपमहानगरपालिकालाई ३० वडा बनाएर महानगरपालिका प्रस्ताव गरेको छ । प्रतावित खाकामा गोदवारी नगरपालिका र महालक्ष्मी नगरपालिका समायोजन गरेर महागोदावरी उपमहानगरपालिका प्रस्ताव गरिएको छ । उपमहानगरपालिकाको केन्द्र सिद्धिपुर पानीट्याङ्की हुने प्रस्ताव गरिएको छ । 

यस्तै केन्द्र छम्पीमा रहने गरी बज्रविनायक नगरपालिका प्रस्ताव गरिएको छ । बज्रबाराही नगरपालिका र कार्यविनायक नगरपालिकामा देवीचउर गाविससमेत मिलाएर सो नयाँ नगरपालिका प्रस्ताव गरिएको हो । 

प्युटार, आश्राङ, गिम्दी र ठूला दुर्लुङ रहने गरी बागमती गाउँपालिका प्रस्ताव गरिएको छ । यो गाउँपालिकाको केन्द्र सुवाने बेसीमा राख्न भनिएको छ भने दक्षिण पूर्वमा पर्ने पाँच गाविसलाई समेटेर बन्न लागेको महाँकाल गाउँपालिकाको केन्द्र गोटीखेलमा राख्न प्रस्ताव गरिएको छ । गोटीखेल, बुखेल, मानिखेल, चन्दनपुर, कालेश्वर गाविस यस गाउँपालिकामा पर्नेछ । 

तामाङ जाति संरक्षित केन्द्रका रुपमा प्रस्ताव गरिएको कोन्जेसोम गाउँपालिकामा नल्लु, भारदेउ, चौघरे दलचोकी र शङ्खु गाविस परेका छन् । सो गाउँपालिको केन्द्र चौघरेको नामले चौर केन्द्र प्रस्ताव गरिएको छ । भटेडाँडा केन्द्र रहनेगरी घुसेल, माल्टा, भट्टेडाँडा र इकुडोल गरेर चार गाविसलाई खानीखोला गाउँपालिका प्रस्ताव गरिएको छ । 

नौवटा तहसम्म प्रस्ताव गरिएकामा पछिल्लोपटक सात तह प्रस्ताव गरिएको सूचना शाखामा कार्यरत सावित्री बजगाईंले बताउनुभयो । उहाँले भन्नुभयो – “पहिले गाविसका वडा छुट्याएर पठाइएको भए पनि पछिल्लोपटक पठाइएको प्रस्तावमा कुनै पनि गाविस टुक्र्याइएको छैन ।” 

दलहरुका बीचमा घुसेल र देवीचउर गाविसको विषयमा विवाद रहेको थियो । यी दुई गाविसलाई गाउँपालिकामा राख्नुपर्ने नेपाली काँग्रेसले बताउँदै आएको थियो । नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० भने नगरपालिकामा राख्नुपर्ने बताउँदै आएका थिए । 

एमाले उपाध्यक्ष श्याम कृष्ण सिलवालले दललाई बेवास्ता गरेर प्राविधिक समितिले प्रस्तावित खाका पठाएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो – “हामीले कम्तीमा आठवटा तह बनाएर पठाउँभन्दा सातमात्रै पठाएको छ । घुसेल उपत्यकामा पर्ने भएकाले गाउँपालिकामा राख्न नहुने उहाँ बताउनुहुन्छ । उपत्यकाका सबै गाविसलाई नगर बनाउने राज्यको नीति छ ।” 

नेकपा (माओवादी केन्द्र)का जिविस प्रतिनिधि राम आचार्यले दलहरुसँग सहमति नभएकाले सात तह प्रस्ताव भएको बताउनुभयो । नगरोन्मुख ठाउँमा चार तह र दक्षिण ललितपुरमा चार गरेर आठ तह हुनुपर्नेमा जोड दिंदै आएका थियौं । उहाँ भन्नुहुन्छ – “दक्षिणमा त ठिकै हो तर नगरमा एउटा बढी हुनुपर्ने हाम्रो माग हो ।” उपमहानगरपालिकामा सैँबु, खोकना र बुङ्मती थपेर महानगरपालिका प्रस्ताव गर्नुपर्ने उहाँले बताउनुभयो । जनसङ्ख्या पुगेको नगरपालिका भएकाले महालक्ष्मी नगरपालिकामा अन्यत्र थप्न नहुने उहाँ बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल