कात्तिक २७, काठमाण्डौ ।विप्लव नेतृत्वको नेकपा माओवादीले आज उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित १ सय ४० रोपनी जग्गा कब्जा गरेको छ ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २७, काठमाण्डौ ।विप्लव नेतृत्वको नेकपा माओवादीले आज उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित १ सय ४० रोपनी जग्गा कब्जा गरेको छ ।

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लव माओवादीद्धारा पशुपति मुरारकाको जग्गा कब्जा

२०७३, २७ कार्तिक शनिबार १२:१०


कात्तिक २७, काठमाण्डौ ।विप्लव नेतृत्वको नेकपा माओवादीले आज उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको बनेपास्थित १ सय ४० रोपनी जग्गा कब्जा गरेको छ ।

माओवादीले पाँचवटा गम्भीर आरोपसहित मुरारकाको जग्गामा पार्टिको झण्डा गाडेर कब्जा गरेको हो । माओवादीले आज विज्ञप्ती निकालेर मुरारकाले दिनहुँ आकाशिदो बजार भाउ, महंगी र कालोबजारीमा मूख्य भूमिका खेलेकोले जग्गा कब्जा गर्नुपरेको जनाएको छ ।

महंगी र कालोबजारी रोक्नुपर्ने, मूल्यबृद्धि घटाउनुपर्ने माग राखी आइतवार नेपाल बन्दको आयोजना गरेको माओवादीले बन्दको पूर्व सन्ध्यामा कब्जा गरेको छ ।

घटनाको सूचना पाएपछि स्थलमा पुगेका क्रान्तिकारी पत्रकार संगठन, नेपाल उपत्यका विशेष व्युरो समन्वय समितिका संयोजक जन्मदेव जैसीका अनुसार अरबौको कर छलि गरेको, राष्टिय हितविपरित गतिविधिमा संलग्न भएको, दलाल, भ्रष्ट र माफियाहरुलाई प्रोत्साहन र संरक्षण गरेको पनि माओवादीले मुरारकामाथि आरोप लगाएको छ ।

पशुपति मुरारकाको जग्गा कब्जा किन ? शिर्षकको उक्त पत्रमा पाँचवटा मुख्य कारण उल्लेख गरी कारवाही गरेको जनाइएको छ । राष्टिय अर्थतन्त्रलाई धरासायी बनाउँदै दलाली अर्थतन्त्र तथा अर्थव्यवस्थालाई प्रोत्साहन गरी राष्टिय पुँजी पलायन गराएकोलगायतका आरोप छन् ।

विज्ञप्ती हेर्नुस्


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली