२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अस्थीर सरकार नै आर्थिक विकासको बाधक : मुरारक

२८ कार्तिक २०७३, आईतवार ०८:५४

एलिसा बस्नेत, कात्तिक २८, प्यूठान । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकले अस्थिर सरकारका कारण देशमा आर्थिक विकासले गति लिन नसकेको बताएका छन् । शनिवार प्यूठान उद्योग वाणिज्य संघको रजतवर्ष तथा १९ औ साधारण सभालाई सम्वोधन गर्दै अध्यक्ष मुरारकले अस्थिर सरकारका कारण उद्योग व्यवसाय संचालन तथा विकासमा प्रत्यक्ष वाधा पुगेको बताए । संविधान निर्माण पछि उद्योग व्यवसायिक क्षेत्रले गतिलिने अपेक्षा लिए पनि उद्योग व्यवसायका समस्या यथावत कायमै रहेको उनले औल्याए । 

“राज्यका नीतिनियमहरु व्यवसायिक क्षेत्रको विकास भन्दा राजस्व असुलीमा मात्रै केन्द्रित गर्दै निर्माण गरिएका छन्” अध्यक्ष मुरारकले भने, “यस खालको दृष्टिकोणमा परिवर्तन नहुदा सम्म व्यवसायिक क्षेत्र तथा आर्थिक विकासले फड्को मार्न सक्दैन ।” उद्योगी व्यवसायिसंग कर असुल्नका लागि व्यवसाय संचालनमा राज्यले लगाएको न्यूनतम पुँजीको मापदण्ड अव्यवहारीक रहेको उनले टिप्पणी गरे । ‘हामी सहज रुपमा कर तिर्न तयार छौं । स्वच्छ व्यवसाय चाहान्छौ । त्यसखालको वातावरण राज्यले निर्माण गरोस’ अध्यक्ष मुरारकले भने ।  

उद्योग व्यवसाय संचालनमा राज्यले एकाधिकार लाद्न खोजेको उनको भनाई छ । “उर्जा, पेट्रोलीयम पदार्थ लगाएतको विक्रिवितरणमा राज्यले एकाधिकार जमाउदै आएको छ” मुरारकले भने,“उद्योग व्यवसाय संचालनमा राज्यले एकाधिकार जमाउने होइन निजि क्षेत्रलाई अधिकार दिएर अगाडी वढ्नु जरुरी छ ।” औद्योगिक क्षेत्रमा राज्यले लोडसेडिङ्ग मुक्त गरि नियमित उद्योग संचालनको वातावरण राज्यले बनाउनु पर्ने उनको जोड थियो । भारतले भर्खरै गरेको पाँच सय र एक हजारको नोट नचल्ने व्यवस्थाले नेपालमा पनि यसको प्रभाव रहेकोले नेपालमै सटही गर्ने व्यवस्था मिलाउन उनले सरकार संग माग गरे । 

यस्तै कार्यक्रममा महासंघका एशोशियट उपाध्यक्ष शेखर गोल्छाले उद्योग तथा व्यवसायिक क्षेत्रको विकासमा नीतिगत समस्या रहेको बताए । देशमा उत्पादन घटि आयातमुखि दिशामा केन्द्रित रहेकोले उद्यमशिलता विकासको माध्यमवाटै देशको अथतन्त्र सुधार गर्न सकिने उनको भनाई छ । व्यवसायिक क्षेत्रको विकास र प्रर्वद्धनलाई केन्द्रित गर्दै विभिन्न कार्यक्रमहरु संघले संचालन गर्दै आएको प्यूठान उद्योग वाणिज्य संघका अधयक्ष ज्ञामुराम न्यौपानेले बताए । कार्यक्रमा विभिन्न क्षेत्रमा योगदान तथा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो । 

फोटो क्याप्सन : प्यूठान उद्योग वाणिज्य संघको रजत वर्ष तथा १९ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारक । तस्वीर : एलिसा बस्नेत

   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट