२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एक बर्ष अघिदेखि बेपत्ता अल्ट्रालाइट भेटियो

२८ कार्तिक २०७३, आईतवार ०९:५७

कात्तिक २८, पोखरा । एक बर्ष अघिदेखि बेपत्ता भएको पोखरा अल्ट्रालाइट कम्पनिको अल्ट्रालाइट जहाज आइतबार बिहान फेला परेको छ । पोखरा विमानस्थलबाट उडेपछि हराएको जहाज माछापुच्छ्रे र अन्नपूर्ण हिमालबीचको खोचमा टुक्राटुक्रा अवस्थामा फेला परेको हो ।

पोखरा अल्ट्रालाइट कम्पनिका संचालक पोमनारायण श्रेष्ठले समुन्द्र सतहदेखि करिब १२ हजार फिट उचाईमा टुक्राटुक्रा अवस्थामा जहाज फेला परेको बताए । एकवर्षभन्दा बढी समयसम्म खोजी गर्दा बल्ल फेलापरेको जानाकारी दिए ।जहाजको खोजिका लागि पटकपटक हेलिकोप्टर र आफ्नै जहाज पठाएको उनले बताए ।

जहाज गत बर्ष असोज २१ गते हराएको थियो । पोखरा विमानस्थलबाट उडेको ‘९एन एएलआइ’ कलसाइन भएको उक्त जहाजलाई रसियन पाइलट ५० बर्षीय भ्यालरी बुटेरिनले उडाएका थिए । जहाजमा दक्षिण अफ्रिकी महिला ४० बर्षीया एलिजावेथ वेल यात्रारत थिइन् । ‘माउन्टेन फ्लाइट’ का लागि एक घण्टाको समय लिएर उडेको जहाज उडान भरेको ७ मिनेटपछि सम्पर्क्विहीन भएको थियो ।

जहाजमा यात्रारत पाइलट र यात्रु दुवैको मृत्यु भएको र उनीहरुको शरीरको हड्डि मात्र फेला परेको श्रेष्ठले बताए । ‘शरीरको हड्डि र खप्पर, तथा दाँत र जहाजको पांग्रा सहित केही भाग संकलन गरेर ल्याएका छौं,’ उनले भने, ‘जहाजको इन्जिन र पखेटासहित धेरैजसो भाग जलेको थियो । मानव हड्डि परपर उछिट्टएको अवस्थामा थिए ।’ उनले भने ‘ब्लाकबक्स भने फेला पार्न सकिएन । त्यही भएर दुर्घटनाको कारण यकिन भएन ।’

आइतबार सशस्त्र प्रहरीको पोखरास्थित कालिका गणका प्रहरी हवल्दारद्वय पूर्णलाल देवकोटा र तेजेन्द्र बुढा हेलिकोप्टरमा गएर जहाज र मानवहड्डि संकलन गरेका थिए । ‘हेलिप्याडबाट उत्रेर आधाघण्टा उकालो लागेपछि जहाज दुर्घटनास्थलमा पुग्न सकियो,’ देवकोटाले भने, ‘छरपष्ट हड्डि र जहाजका केही भाग संकलन गरेर ल्यायौं ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो