कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ । 

यो सुविधाअ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ । 

यो सुविधाअ"/>

५ बैशाख २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपाल टेलिकमको नेटवर्कभित्र प्रतिमिनेट ७० पैसामै कल, यसरि सुचारु गर्नुस सुबिधा

२८ कार्तिक २०७३, आईतवार १३:३६


कात्तिक, काठमाडौं । नेपाल टेलिकमले आफ्ना जीएसएम प्रिपेड प्रयोगकर्ताहरुका लागि लक्षित गरेर ‘Friends and Family’ सुविधा ल्याएको छ । 

यो सुविधाअन्तर्गत ग्राहकहरुले आफूले चाहेका ५ वटा एनटिसी नम्बरमा प्रतिकल ७० पैसामै फोन गर्न सक्नेछन् । सुविधा कात्तिक २५ देखि सुरु भएको नेपाल टेलिकमले जनाएको छ ।

यो सुविधा एक्टिभ गर्नका लागि FNFSUB*MDN लेखेर १४१५ मा एसएमएस गर्नुपर्छ । यहाँ MDN को मतलव नेपाल टेलिकमको नेटवर्क भित्रको नम्बर भन्ने हो । एक पटक एसएमएस पठाउँदा एउटामात्रै नम्बर एड गर्न सकिनेछ । अन्य नम्बरहरुका लागि पुन: अर्को एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ ।

सुविधा लिनका लागि FNFSUB*984####### (आफूले चाहेको एनटिसी नम्बर) लेखेर १४१५ मा SMS गर्ने ।

नम्बर परिवर्तन गर्न FNFMOD*984#######* (पूरानो नम्बर) 984####### (चाहेको नयाँ नम्बर) लेखेर १४१५ मा SMS गर्ने ।

लिस्टमा रहेको नम्बर डिलिट गर्नका लागि FNFDEL*984####### लेखेर १४१५ मा SMS गर्ने ।

कुन-कुन नम्बर लिस्टमा छ भन्ने हेर्नका लागि FNFINQ लेखेर १४१५ मा SMS गर्ने ।

जीएसएम पोस्टपेडमा भने यो सुविधा पहिलेदेखि नै रहँदै आएको थियो । पहिले तीनवटामात्रै नम्बरमात्रै एड गर्न मिल्ने गरेकोमा अब ५ वटा नम्बरमा नै यो सुविधा प्राप्त हुने टेलिकमले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काभ्रेको रोशीमा आगलागी हुँदा २ बालबालिका घाइते शुक्रबार सुनको भाउ ८ सय रुपैयाँले घट्यो दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध