2026-11-28 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड

2026-11-07

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारका कामकारबाहीलाई हिन्दी जासुसी सिनेमासँग तुलना गर्दै मुलुकमा कुन बेला कसलाई पक्राउ गरिने हो वा कसैमाथि हमला हुने हो भन्ने अनिश्चित अवस्था सिर्जना भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारका गतिविधि हिन्दी जासुसी फिल्ममा देखाइने काल्पनिक घटनाजस्तै हुँदै गएको बताए ।

‘सरकारका कामकारबाही हेर्दा हिन्दी जासुसी फिल्म हेर्दा देख्नुभएको होला, हुँदै नहुने कामहरू भएको देखाउँछ नि त्यस्तै छ सरकारको कामकारबाही,’ उनले भने । सरकारको कार्यशैलीका कारण पत्रकार, कर्मचारी र राजनीतिक नेतृत्वसमेत असुरक्षित महसुस गर्नुपर्ने अवस्था बनेको उनको टिप्पणी थियो ।‘कतिबेला कुन पत्रकार समाइने हो, कुनमाथि हमला हुने हो, कर्मचारीतन्त्रमाथि के हुने हो, नेतामाथि के हुने हो, कता के हुने हो भन्ने कुराको टुंगो केही पनि छैन,’ प्रचण्डले भने, ‘आफैं आफैं यस्तो अवस्था सिर्जना भएको छ ।’

उनले पुराना राजनीतिक दल र तिनका नेतृत्वमाथि नयाँ पुस्ता तथा वर्तमान सत्तापक्षबाट नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको भन्दै आपत्ति जनाए । गणतन्त्र स्थापना, पूर्वाधार विकास र ऊर्जा क्षेत्रमा भएका उपलब्धिको योगदानलाई अवमूल्यन गर्दै पुराना दलहरूलाई अपराधी र बदमासका रूपमा चित्रण गर्न खोजिएको उनको भनाइ थियो । ‘तिनीहरू भन्छन् फेरि यो गणतन्त्र ल्याउने, पूर्वाधार बनाउने, ऊर्जा क्षेत्रमा क्रान्ति ल्याउनेहरूले केही पनि गरेनन्, यी बदमास हुन् अपराधी मात्रै हुन् भन्न खोजिन्छ,’ उनले भने । प्रचण्डले पुराना राजनीतिक दलहरूले गरेका योगदान र उपलब्धिको मूल्यांकन नगरी एकपक्षीय रूपमा नकारात्मक टिप्पणी गर्नु उचित नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई खाना बन्द भएपछि बोडेका सुकुमबासी रित्तो थाल बजाउँदै सडकमा, सरकारविरुद्ध प्रदर्शन राष्ट्रपति पौडेल र रास्वपा सभापति रवि लामिछानेबीच शीतल निवासमा भेटवार्ता इरानलाई रुस–चीनको सहयोगबारे ट्रम्पको टिप्पणी : ‘उनीहरू कम संलग्न छन्’ भूमिहीन सुकुमबासीलाई पहिले जग्गा सुनिश्चित गर्न आङ्देम्बेको माग बौद्धबाट स्रोत नखुलेको २४ लाख नगदसहित तिब्बतीयन नागरिक पक्राउ सुनचाँदीको मूल्यमा भारी वृद्धि, सुन तोलामा ३३ सय र चाँदी १२० रुपैयाँले बढ्यो बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ