काठमाडौँ | मिडियामाथि नियन्त्रणको प्रयास र दबाबका विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । शनिबार युवाहरूको समूहले कालो पोसाकमा ब्यानरसहित विरोध प्रदर्शन गरेका हुन् ।
पछिल्लो समय सरकारले मिडियामाथि नियन्त्रणको प्रयास र दबाब दिएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।