
काठमाडौँ | सर्वोच्च अदालतका लागि सिफारिस भएका चार जना प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकिएको छ । शनिबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा २ जनाको सुनुवाइ भएको छ । यसअघि शुक्रबार दुई जनाको सुनुवाइ भएको थियो ।
न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सबैभन्दा पछिल्लो सुनुवाइ गोकर्ण डाँगीको भएको थियो । आजै जनक पाण्डेको पनि सुनुवाइ भएको थियो । सारु र बागचन्दको भने बिहीबार नै सुनुवाइ भएको हो ।
सुनुवाइपछि अनुमोदन गर्ने वा नगर्ने निर्णय भने भइसकेको छैन । समितिले यसबारे आन्तरिक छलफल गरिरहेको छ ।