३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुजातालाई ५० लाख – चौतर्फी बिरोध, मन्त्री थापाको आपत्ति

२९ कार्तिक २०७३, सोमबार ०१:१४

कात्तिक २९, काठमाडौं | सरकारले कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेसंगै नागरिक स्तर र मन्त्रीहरुबाटै बिरोध तथा आपत्तिपूर्ण तर्क उठ्न थालेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले छलफलको सूचीमा रहेको उपचारसम्बन्धी संशोधित कार्यविधिलाई रोकेर कोइरालालाई ५० लाख उपचार खर्च दिने निर्णय गरेको थियो । 

यस बिषयमा स्वास्थ्यमन्त्री गगन थापाले समेत आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको घोर बिरोध गरेका छन् । उनले सुजातालाई उपचार खर्च बापत राज्यकोषको ठुलो रकम दिन अस्वीकार गरेपछि उनी नभएको मौका छोपी मन्त्रिपरिषद्को बैठकले विवादकै बीच ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको आरोप लगाएका छन् । उक्त उपचार खर्च उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य मन्त्रालयबाट दर्ता भई बैठकमा छलफलको कार्यसूचीमा रहेको उपचारसम्बन्धी कार्यविधि रोकेर कोइरालालाई १ करोड रुपैयाँ उपचार खर्च दिने ठाडो प्रस्ताव गरेका थिए । उनको सो प्रस्तावलाई मन्त्रीहरूले समेत आपत्ति जनाएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले हस्तक्षेप गरी ५० लाख दिने भन्दै निर्णय सुनाए । 

पछिल्लो कार्यविधि अनुसार विशिष्ट व्यक्तिको उपचार नेपालमा सम्भव भए उपचार खर्च नपाउने र मेडिकल बोर्डले नेपालमा सम्भव छैन भन्ने सिफारिस गरेको अवस्थामा मात्रै अधिकतम १५ लाख रुपयाँ मात्रै उपचार खर्च दिने व्यवस्था छ । कांग्रेस सभापति देउवा र उपप्रधान तथा ग्रिहमन्त्री निधिको चर्को दवाबमा रहेका प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य मन्त्रालयलाई नै बाइपास गरी अधिकांश मन्त्रीको विरोधका बीच गृहमन्त्रीको प्रस्तावमा ५० लाख दिएपछी स्वास्थ्यमन्त्री गगन थापा रुष्ट बनेका छन् भने अन्य मन्त्रिहरुले समेत सुजातालाई दिईएको उपचार खर्चको बिरोध गरेका छन् । 

सरकारको निर्णयप्रति स्वास्थ्यमन्त्री थापाले आपत्ति जनाउँदै नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७३ मन्त्रिपरिषद्ले पारित गरेर त्यसैअनुसार उपचार खर्च दिनुपर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयले एक साताअगाडि नै कार्यविधिको संशोधन प्रस्ताव मन्त्रिपरिषद्मा दर्ता गरे पनि अहिलेसम्म छलफलसमेत भएको छैन । सो प्रस्तावमा आइतबार छलफल गर्नुपर्नेमा उल्टो त्यसैलाई एकातिर थन्क्याएर सुजातालाई ५० लाख दिएको एक मन्त्रीले आरोप लगाए । स्वास्थ्यमन्त्री थापाले मन्त्रिपरिषद्को पछिल्लो निर्णयले राज्यकोषको दुरुपयोग संस्थागत भएको भन्दै विरोध गरेका छन् ।

कांग्रेस नेतृ सुजाता कोइरालाले सरकारले स्तन क्यान्सरको आशंका गर्दै सरकारसँग १ करोड उपचार खर्च माग गरेकी थिईन । 

यता कांग्रेस नेतृ सुजातालाई सरकारले ५० लाख दिने निर्णय गरेसँगै सामाजिक संजालमा सरकारको निर्णयको चर्को आलोचना भएको छ । नागरिक स्तरबाट सामाजिक संजाल तथा बिभिन्न संचार मध्यमहरुमा बिरोधका प्रतिकृया उठ्न थालेका छन् । सरकारले राज्यकोषको रकम चरम दुरुपयोग गरेको भन्दै बिभिन्न नाममा नेताहरुलाई बाडिने रकमको बिरोध सहितका आवाजहरु उठेका छन् । 

नागरिक स्तरबाट सामाजिक संजालमा आएका पछिल्ला प्रतिक्रियाहरु: 
















प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’