Skip to content
Friday, July 17, 2026 Nepali Online Media

असन्तुष्ट ताम्तीबासिद्धारा विरोध कार्यक्रम जारी

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्दराम जैशी/कात्तिक २९, जुम्ला । अब बन्ने गाउँपालिकाको खाका प्रति असन्तुष्ट जनाउदै जुम्ला ताम्ती बासीले शनिबारबाट विरोध कार्यक्रम जारी राखेका छन् ।

स्थानिय तह पुर्नसंरचना जनदबाब कार्यक्रम अन्र्तगत विरोध कार्यक्रममा । स्थानिय तहको पुर्नसंरचना बैधानिक ढंगले गरौ, राजनैतिक दलको मनोमानि ताम्तीबासिलाइ नथुपारौ, भन्ने विभिन्न नाराका साथ ¥यालि सहित ताम्ती गाविसले सोमबार पनि विरोध जनाएका हुन् ।

स्थानिय तह पुनःसंरचना प्राविधिक सहयोग समिति जुम्लाबाट सिफारिस १ नगरपालिका सहित ७ गाँउपालिका भित्र ताम्ती गाविस समाबेश भएको तातोपानि गाँउपालिका ताम्ती गाविसबासिका लागि उपयुक्त नभएको भन्दै विरोध जनाइएको हो ।

ताम्ती गाविसलाई तातोपानी गाउँ पालिकामा समावेश नगराइ कुडारी गाउँ पालिकामा समावेश हुनु पर्ने उनिहरुको माग छ । भौगोलिक हिसाबले तातोपानी गाउँ पालिकासँग ताम्ती गाविस गाँउपालिका बन्न सहज नहुने भएकोले कुडारी गाउँ पालिकासँग समावेश गर्नु पर्ने माग राख्दै गाविसबासिले विरोध कायृक्रम जारी राखेको ताम्तीबासि तथा नेपालि कांग्रेस जुम्लाका सचिब कर्ण बहादुर शाहिले बताउनुभयो ।

कुडारीसँग ताम्तीको बस्ती तथा सडक संजाल जोडिएको हुँदा आफुहरुलाई कुडारीमा गाभिन सहज हुने ताम्ती गाविस बासीको भनाई छ । समानुपातिक विकासका लागि सबै क्षेत्रलाई पायक पर्ने गरि गाउँपालिकाको खाँका तयार गरिनु पर्ने भन्दै आफ्नो माग सम्बोधन नभएसम्म विरोध कार्यक्रम जारी राख्ने ताम्ती गाविस वासीहरुले जानकारी दिएका छन् ।