२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

लिम्बुवानको गाउँ अधिवेशन धमाधम

३० कार्तिक २०७३, मंगलवार ०२:३३

प्रकाश धौलाकोटी/कात्तिक ३०, तेह्रथुम । पार्टीको जिल्ला अधिवेशनको संघारमा संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चसम्बद्ध संघीय लिम्बुवान मन्च नेपाल तेह्रथुमको गाउँ अधिवेशन धमाधम हुन थालेको छ । पौषभित्र पार्टीको  जिल्ला अधिवेशन गर्ने भनेको पार्टीले जिल्लाका गाउँ तथा नगर कमिटीहरुको अधिवेशन गराउन थालेको हो । 

लिम्बुवानको सोमबार मात्रै ईवा गाविसको गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तबहादुर ईङनामको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा तेजमान यक्सो, सचिवमा गीता ईङनाम र अर्थ सचिवमा मन्जिला ईङनाम रहनुभएको छ । यस्तै अधिवेशनबाट हर्कजङ ईङनामको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।

 जसको सदस्यहरुमा अमरबहादुर ईङनाम, दिलबहादुर खवास, सुर्य ईङनाम र भक्ति बहादुर ईङनाम रहनुभएको छ । अधिवेशन पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष देवनारायण सम्बाहाम्फेको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य मृगेन्द्र ईङनाम र आठराई थुम कार्यसमिति अध्यक्ष रामकुमार ईङनामको उपस्थिति तथा नारायणमान ईङनामको अध्यक्षतामा सम्पन्न भएको थियो । 

पार्टीले यहीसाता भित्र चुहानडाँडा, ह्वाकु, थोक्लुङ लगायत आठराई क्षेत्रका विभिन्न गाविसहरुको गाउँ अधिवेशन गरिसक्ने जिल्ला अध्यक्ष सम्बाहाम्फेले जानकारी दिनुभयो


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य