नन्दराम जैशी/मंसिर १, जुम्ला । कर्णाली उच्च मावि अनामनगर जुम्लामा संचालित विशेष शिक्षा अन्र्तगत बहिरा कक्षा संचालनमा समस्या भएको छ । बहिरा कक्षा प्रभावकारी "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्दराम जैशी/मंसिर १, जुम्ला । कर्णाली उच्च मावि अनामनगर जुम्लामा संचालित विशेष शिक्षा अन्र्तगत बहिरा कक्षा संचालनमा समस्या भएको छ । बहिरा कक्षा प्रभावकारी "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विषयगत र तालिम प्राप्त शिक्षक अभावका कारण बहिरा कक्षा संचालनमा समस्या

१ मंसिर २०७३, बुधबार ०३:२७


नन्दराम जैशी/मंसिर १, जुम्ला । कर्णाली उच्च मावि अनामनगर जुम्लामा संचालित विशेष शिक्षा अन्र्तगत बहिरा कक्षा संचालनमा समस्या भएको छ । बहिरा कक्षा प्रभावकारी रुपमा संचालनका लागि बिषयगत र तालिम प्राप्त शिक्षकहरुको अभाव भएपछि समस्या भएको हो । विद्यालयद्धारा मंगलबार आयोजित विशेष शिक्षा प्रतिबेदन सार्बजानिकरण कार्यक्रममा सहभागी सरोकारवाला निकाय बीच यस्तो बताइएको थियो । 

नेपाल सरकारको अवधारणा अनुसार २०६१ सालदेखि अनामनगरमा बहिरा कक्षा संचालन हुदै आएको छ । हाल कक्षा १ देखि ७ सम्म सांकेतिक भाषाका माध्ययमद्धारा र कक्षा ८ देखि १० सम्म समाहित कक्षामा राखी अध्ययन अध्यापन कार्य संचालन हुदै आएकोमा समाहित कक्षामा अध्ययन गर्ने बहिरा विद्यार्थीको शैक्षिक गुणस्तर कायम हुन नसकेपछि समस्या बल्झिएको जनाएको छ । सबै कक्षामा जम्मा ३३ जना बहिरा विद्यार्थी रहेकोमा बिषयगत शिक्षक अभावका कारण ५ जना शिक्षकले सबै बिषय अध्यापन गराउनु परेको जनाएको छ । 

विद्यालयका प्रधानाध्यापक मिनराज शर्माका अनुसार जिल्ला शिक्षा कार्यालयबाट प्रति विद्यार्थी मासिक ३ हजारका दरले हालसम्म ३० जना बराबरको छात्रबृत्ति र सांग्रिला डिप्लपमेन्ट एसोसिएसन ललितपुर र आइएन एफ जुम्लासँग सहकार्य गरी आवासिय रुपमा बहिरा कक्षा संचालन भैरहेको छ । 

विभिन्न चुनौतिसँग सामाना गर्दै विद्यालयले हाल २ जना राहात, १ जना निजि र २ जना सांग्रिला र आइएनएफद्धारा संचालित शिक्षकको भरमा बहिरा कक्षा संचालन गर्नु परेको प्रधानाध्यापक शर्माले बताउनुभयो । 

स्रोत साधानको अभावले अन्य जिल्लाबाट पढ्न आएका बहिरा बालबालिकालाई पठनपाठनको ब्यवस्था पुर्ण रुपमा मिलाउन नसकिएकाले सरोकारवाला निकायलाई सहयोग गर्न विद्यालयले आग्रह गरेको छ । 

बहिरा कक्षा संचालनका लागि विद्यालयमा कम्युटर, ओड्ने ओछ्याउने कपडा, दराज, र्याक, निर्माणाधिन आवासिय भवनमा कक्षा कोठा ब्यवस्थापनका लागि कार्पेट र पिपि फम लगायतका सामाग्रीको तत्काल समस्या रहेको शिक्षक देवेन्द्र तिमिल्सिनाले बताउनुभयो । 

बहिरा बालबालिकाहरुलाई कुनै ठुलो रोग लाग्दा उपचारका लागि बजेटको अभाव रहेकाले उपचारमा छुट गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आग्रह गर्ने विद्यालयले निर्णय गरेको छ । 

विशेष शिक्षा प्रतिबेदन सार्बजानिक कार्यक्रममा निमित्त जिल्ला शिक्षा अधिकारी महेशदत्त देबकोटा, नगर अधिकृत केशवराज शर्मा, जिविस जुम्लाका बरिष्ठ कार्यक्रम अधिकृत क्षेत्र बहादुर बुढ्थापा लगायत जिल्ला स्थित विभिन्न सरोकारवाला निकायका प्रमुख एंव प्रतिनिधिहरुले निवेदन सहित कार्यालयमा आएमा सक्दो सहयोग गर्ने आसवासन दिनु भएको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु