मङ्सिर १, बागलुङ । बागलुङदेखि काठमाडौँसम्म पर्यटक बस सञ्चालनमा आएको छ । यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर १, बागलुङ । बागलुङदेखि काठमाडौँसम्म पर्यटक बस सञ्चालनमा आएको छ । यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको ह"/>
2026-07-25 05:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङ–काठमाडौँ पर्यटक बस सञ्चालन

मङ्सिर १, बागलुङ । बागलुङदेखि काठमाडौँसम्म पर्यटक बस सञ्चालनमा आएको छ । यात्रुलाई स्तरीय सेवा दिन धवलागिरि अञ्चल यातायात बस व्यवसायी समितिले बस सेवा सुरु गरेको हो । 

प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले आज यहाँ आयोजित कार्यक्रममा सो बस सेवा शुभारम्भ गर्नुभयो । ‘रोडवेज् टुर्स एन्ड ट्राभल्स’ प्रालिसँगको सहकार्यमा पर्यटक बस सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार बागलुङमै पहिलोपटक हरियो नम्बर प्लेटको पर्यटक बस सञ्चालनमा आएको हो । यात्रुले हाल सञ्चालनमा रहेका बसमा भन्दा पर्यटक बसमा अतिरिक्त सेवासुविधा पाउनेछन् । 

“बसभित्रै शौचालयको सुविधा छ, यात्रुलाई चिया, कफी, खाजा बसभित्रै उपलब्ध हुन्छ”, अध्यक्ष खड्काले भन्नुभयो । ‘एसी’ सुविधा भएको बसमा ‘रेफ्रिजेरेटर’ पनि राखिएको छ । 

अन्य बसको तुलनामा पर्यटक बसको सिट चौडा र आरामदायी रहेको समितिका महासचिव उमेश केसीले बताउनुभयो । समितिले बसको एकतर्फी भाडा रु एक हजार दुई सय कायम गरिएको छ । 

ज्येष्ठ नागरिक, अपाङ्ग र असहायलाई भाडादरमा ३३ प्रतिशत छुट गरिएको छ । ३० सिट क्षमताका दुईवटा बसबाट सेवा सञ्चालन गरिएको समितिले जनाएको छ । प्रत्येक दिन बागलुङबाट बिहान ७ बजे र काठमाडौँ सुन्धाराबाट बिहान साढे ६ बजे बस छुट्नेछ । बस सेवाबाट बागलुङलगायत धवलागिरि क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र यात्रुले लाभ लिनेछन् । 

बुधबार बिहान छुटेको पहिलो बसका यात्रुलाई प्रजिअ पाण्डेय र समितिका पदाधिकारीले सम्मानसहित बिदाइ गरेका थिए । समितिले बुधबारदेखि नै बागलुङदेखि रौतहटको गौर र म्याग्दी बेनीदेखि भद्रपुरसम्मका लागि ‘डिलक्स’ बस सेवा सञ्चालन गरेको छ । समितिले बागलुङ–नयाँदिल्लीदेखि देशभित्र लामो तथा छोटो दूरी गरी चार सय बस बस पनि सञ्चालनमा ल्याएको छ । रासस   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक