कमल सुबेदी | मंसिर ३, पोखरा | पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा हुन लागेको दोस्रो सस्तो व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यहि मंसिर ९ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी | मंसिर ३, पोखरा | पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा हुन लागेको दोस्रो सस्तो व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यहि मंसिर ९ "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दोस्रो सस्तो व्यापार मेलाको तयारी अन्तिम चरणमा

३ मंसिर २०७३, शुक्रबार ०७:३४


कमल सुबेदी | मंसिर ३, पोखरा | पोखराको पृथ्वीचोकस्थित बास्तोला कम्प्लेक्समा हुन लागेको दोस्रो सस्तो व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यहि मंसिर ९ गतेदेखि १५ गतेसम्म हुने मेलाको सबै कामहरु सकिएको मेला संयोजक माधव बास्तोलाले जानकारी दिए । मेलाको सबै काम हरु सकिएको र आन्तरिक काम भइरहेको बास्तोलाले बताए । 

 मेलाको आकर्षणमा मेलामा लोक दोहोरी धमाका, नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता (प्रदेश तारा), विश्वका विभिन्न ठाउँमा पाइने सबै प्रकारका कुकुरको प्रदर्शनी, हिरादेखि जिरासम्म र नुनदेखि सुन सम्मका सम्पूर्ण सामान एकै थलोमा पाइने र कृषि प्रदर्शनी रहेको छ । करिब १८ लाख खर्च लाग्ने अनुमान गरिएको मेलाको १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेला अवधिमा कम्प्लेक्स भित्रका पसलमा सामान खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ । 

कम्प्लेक्समा वाइफाइ र सिसि क्यामेराको व्यवस्था, पर्याप्त पर्किङको सुविधा लगायतका विशेषता छ । ३ करोड लागतमा निर्माण भएको कम्प्लेक्समा ३ सय २० सटर छन् । दसैंको अवसरमा  बास्तोला कम्प्लेक्समा  पहिलो सस्तो व्यपार मेला भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो