Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर ०३ गते, दिउँसो २:४६ बजे काठमाडौँ - KTM, प्युठान - PTN, राजनीति

निर्वाचन नभए मुलुक गम्भीर संवैधानिक सङ्कटमा जान्छ: गौतम

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ३, प्यूठान । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्ने बताएका छन्  ।

नेकपा–एमाले प्यूठानले आज स्वर्गद्वारीखालमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण तथा गाउँ जागरण अभियान कार्यक्रममा उनले भने– “अहिले संविधान संशोधन भन्दा पनि यसको कार्यान्वयनतर्फ सबै दल गम्भीर हुनुपर्दछ ।”

उपाध्यक्ष गौतमले “बाहिरी शक्तिको आडमा नेपाललाई टुक्र्याउने उद्देश्यले सीमाङ्कन हेरफेर सहितको संशोधन प्रस्ताव आएको छ, त्यस्तो प्रस्ताव एमालेलाई मान्य हुँदैन ” भन्दै हिमाल पहाडलाई तराईबाट अलग्याएर नेपाल बन्न नसक्ने बताए ।

संविधान कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउँदै उनले भने– २०७४ माघसम्ममा निर्वाचन नभए मुलुक गम्भीर संवैधानिक सङ्कटमा पर्न सक्छ ।

यसैगरी बर्जिवाङको चाल्नेटारमा निर्माणधिन चाल्नेटार विमानस्थलको अवलोकन तथा कार्यकर्ता भेटघाटमा उपाध्यक्ष गौतमले संविधानको कार्यान्वयनका लागि एमालेले सरकारलाई सहयोग गर्न तयार रहेको बताए ।