२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरका खाद्यान्न पसलमा म्याद नाघेका सामग्री

२०७३, ३ मंसिर शुक्रबार ११:५४

मङ्सिर ३, ललितपुर । कार्यविनायक नगरपालिकाका कतिपय खाद्यान्न पसलमा म्याद नाघेका खाद्यान्न बेच्न राखिएको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा एस मिनीस्टोर र दीपक गुप्ता स्टोरले म्याद नाघेका र लेबल नभएका खानेकुरा बेच्न राखेको पाइएको हो । जिप्रका ललितपुरका बजार संरक्षण अधिकृत विष्णुप्रसाद सुवेदीले दूध, मसला, खुर्सानी लगायत खाद्यान्न म्याद सकिएको पाइएको बताउनुभयो । 

अनुगमन टोलीले कार्यविनायक–१ मा रहेको एस मिनीस्टोरमा बेच्न राखिएको दूध म्याद नाघेको पाएकाले सोही स्थानमा नष्ट गरेको छ । खुर्सानीको धुलो, बेसार, मसला लगायत खाद्यान्नमा भने लेबल नभएको पाइएको छ । 

कार्यविनायक–३ को गुप्ता स्टोरले बेच्न राखेको म्याद नाघेका पाउरोटी टोलीले नष्ट गरेको छ । त्यस्तै दुनोट, मकैको पिठोलगायत खाद्यान्नमा लेबल नभएको पाइएको छ । 

टोलीले अरु खाद्यान्न पसलमा समेत अनुगमन गरेको थियो । टोलीले ठूला गल्ती नपाइएका खाद्यान्न पसललाई लेबल भएका सामान मात्रै किन्न र बेच्न निर्देशन दिएको छ । 

पहिलेभन्दा खाद्यान्न पसल सुधार हुँदै गएको पाइएको सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो,– पहिलेभन्दा पछिल्ला दिनमा खाद्यान्न पसल सजग हुँदै गएको हामीले पाएका छौँ, पहिले नगरका भित्री भागमा मात्रै अनुगमन केन्द्रित भए पनि पछिल्लो समयमा नगरोन्मुख ठाउँमा समेत हुन थालेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ हामी विरोध गरिरहन्छौँ, पाँचै वर्ष गर्छौँ: हर्कराज राई नेप्सेमा ३०.०८ अंकको वृद्धि