पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर ३, हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसको मागलाई सम्बोधन गर्दै आगामी १४ महिनाभित्र तीन वटा निर्वाचन गर्नुपर्ने बताएका छन् ।

राप्रपा नेपाल मकवानपुरले आज हेटौँडामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले संविधान कार्यान्वयनका लागि मधेसको जायज मागलाई सरकारले सम्बोधन गरेर मुलुकलाई गति दिनुपर्ने बताए ।

मधेसलाई बाहिर राखेर मुलुकको समस्या समाधान नहुँने र निर्वाचन पनि सम्भव नरहेको थापाको भनाइ थियो । नेपालमा प्रदेशको संरचना अनुसन्धानका आधारमा वैज्ञानिकतवरले निर्माण नगरिएको बताउँदै थापाले काँग्रेस, एमाले तथा माओवादीले भोटका आधारमा राज्य विभाजन गरेको आरोप लगाए ।

उनले राप्रपा नेपालले अब देशको राष्ट्रवादी तेस्रो धारको नेतृत्व गर्ने बताए ।