मङ्सिर ५, चितवन । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले प्राविधिक शिक्षामा लगानी बढाउने बताउनुभएको छ । 

स्कुल अफ हेल्थ साइन्स भरतपुरले आज यहाँ उहाँको स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, चितवन । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले प्राविधिक शिक्षामा लगानी बढाउने बताउनुभएको छ । 

स्कुल अफ हेल्थ साइन्स भरतपुरले आज यहाँ उहाँको स"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्राविधिक शिक्षामा लगानी बढाउनेः- मन्त्री पौडेल

५ मंसिर २०७३, आईतवार ०५:५३

मङ्सिर ५, चितवन । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले प्राविधिक शिक्षामा लगानी बढाउने बताउनुभएको छ । 

स्कुल अफ हेल्थ साइन्स भरतपुरले आज यहाँ उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले रोजगारमूलक शिक्षा भएकाले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउन लागेको बताउनुभयो । 

प्राविधिक शिक्षा पढाइका लागि कहाँ कसरी लगानी बढाउन सकिन्छ भन्ने विषयमा गुरुयोजना निर्माणको काम भइरहेको उहाँले उल्लेख गर्नु भयो । प्रतिस्पर्धी शिक्षाको आवश्यकता रहेको भन्दै उहाँले परिस्थितिअनुसार पाठ्यक्रम स्तरीय बनाउँदै लगेर अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्नुपर्ने विचार व्यक्त गर्नु भयो । 

आवश्यक मात्रामा शिक्षक, प्राध्यापकको दरबन्दी र भौतिक संरचना अभाव रहेको भन्दै मन्त्री पौडेलले यसको व्यवस्थापनका लागि मन्त्रालयले गम्भीर रूपमा गृहकार्य गरिरहेको बताउनुभयो । 

कार्यक्रममा स्कुल अफ हेल्थ साइन्सका प्रिन्सिपल अच्युतराम दाहालले कलेजको गुरुयोजना, समस्या, सम्भावना र अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य