Skip to content
Friday, July 17, 2026 Nepali Online Media

प्राविधिक शिक्षामा लगानी बढाउनेः- मन्त्री पौडेल

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मङ्सिर ५, चितवन । शिक्षामन्त्री धनीराम पौडेलले सरकारले प्राविधिक शिक्षामा लगानी बढाउने बताउनुभएको छ ।

स्कुल अफ हेल्थ साइन्स भरतपुरले आज यहाँ उहाँको सम्मानमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले रोजगारमूलक शिक्षा भएकाले प्राविधिक शिक्षामा सरकारले लगानी बढाउन लागेको बताउनुभयो ।

प्राविधिक शिक्षा पढाइका लागि कहाँ कसरी लगानी बढाउन सकिन्छ भन्ने विषयमा गुरुयोजना निर्माणको काम भइरहेको उहाँले उल्लेख गर्नु भयो । प्रतिस्पर्धी शिक्षाको आवश्यकता रहेको भन्दै उहाँले परिस्थितिअनुसार पाठ्यक्रम स्तरीय बनाउँदै लगेर अन्तर्राष्ट्रिय जगत्मा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सक्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

आवश्यक मात्रामा शिक्षक, प्राध्यापकको दरबन्दी र भौतिक संरचना अभाव रहेको भन्दै मन्त्री पौडेलले यसको व्यवस्थापनका लागि मन्त्रालयले गम्भीर रूपमा गृहकार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रममा स्कुल अफ हेल्थ साइन्सका प्रिन्सिपल अच्युतराम दाहालले कलेजको गुरुयोजना, समस्या, सम्भावना र अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस